विधि विज्ञानमा विवादित प्रलेख इकाईमा के के को परीक्षण गरिन्छ ?
विधि विज्ञानमा विवादित प्रलेखमा निम्न लिखित परीक्षणहरु गरिन्छ ।
१. हस्ताक्षर पहिचान
कुनै प्रलेखमा रहेको हस्ताक्षर कुनै व्यक्तिको निश्चित हस्ताक्षरसंग मिल्छ वा मिल्दैन पहिचान गर्ने तथा कुनै हस्तलिपि र हस्ताक्षर नक्कल गरिएको हो हैन पहिचान गर्ने ।
२. सच्याइएको प्रलेख पहिचान
कुनै पर्व लिखित प्रलेखमा पछिबाट केही अंश वा पुरै प्रलेख थपघट वा केरमेट गरीसच्याइएको छ वा छैन परीक्षण गर्ने ।
३. ल्याप्चे तथा छाप पहिचान :
रबर छाप, दस्तखत छाप, ल्याप्चे छाप आदि प्रयोग भएको प्रलेखमा सम्वन्धीत छापहरु प्रयोग गरिएको हो वा हैन पहिचान गर्ने ।
४. अदृश्य लिखत परीक्षण
लेखाइको छाप बसेको, अक्षरको रंग उटाइएको, अदृश्य औंठाछाप, खुट्टा छाप आदिरहेको अदृश्य प्रलेख परीक्षण गर्ने ।
५. टाइपराइटर, चेकराइटर आदिको पहिचान
टाइप गरिएको प्रलेख, चेक राइटरद्वारा लेखिएका अंकहरु आदि सम्वन्धीत यन्त्रद्वारा लेखिएको हो वा होइन पहिचान गर्ने ।
६. मुद्रण, फोटोकपी आदि गरिएको प्रलेख परीक्षण
कुनै पनि छापिएको अर्थात् म’द्रित प्रलेख जस्तै नोट, पासपोर्ट, परिचयपत्र, प्रमाण पत्र, लेटर हेड, पुस्तक आदि र अन्य प्रलेखहरु निश्चित प्रलेखहरुसंग मिल्दछन् वा नक्कली हुन् पत्ता लगाउने । यस्तै कुनै फोटोकपी गरिएको प्रलेख सम्वन्धीत यन्त्रबाट फोटोकपी गरिएको हो हैन पत्ता लगाउने ।
७. विक्षिप्त प्रलेख परीक्षण
पानीले भिजेर वा मसी पोखिएर वा अन्य कुनै दाग लागेर वा उडेर नबुझिने भएको प्रलेख आदिमा के लेखिएको वा छापिएको थियो पत्ता लगाउने । यस्तै कुनै प्रलेख च्यातिएर टुक्रा टुक्री अवस्थामा पुगेको भए ती टुक्राहरु एउटै प्रलेखका हुन् हैनन् पत्ता लगाउने ।
८. मसी परीक्षण
कुनै प्रलेखमा प्रयोग गरिएको वा दुई बेग्लाबेग्लै प्रलेखमा प्रयोग गरिएको मसी एउटै हो वा होइन जाँच गर्ने । यसको लागि सामान्य जानकारी भिडीयो स्पेक्ट्रलबाट गर्न सकिने भएतापनि यकिन गर्नको लागि प्रलेखबाट मसी निकाली प्रयोग गर्नुपर्ने भएकोले सो कार्य गर्न पुर्व स्वीकृतिको आवश्यकता पर्छ ।