श्रीमान र श्रीमती टाढा बस्नुपर्ने दिनहरु
श्रीमान र श्रीमती टाढा बस्नुपर्ने दिनहरु ! श्रीमान र श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ । विवाहपछि स्त्री र पुरुषको सम्बन्धलाई पूर्ण रुपमा सही र शुभ मानिन्छ । तर विभिन्न धर्मशास्त्र र पुराणमा केही यस्ता दिनहरु पनि हुन्छन् जुन दिन श्रीमान र श्रीमतीले एकअर्कासँग शारीरिक सम्बन्ध राख्नु हुँदैन । श्रीमान र श्रीमती टाढा बस्नुपर्ने दिनहरु यस प्रकार छन् ।
१. श्राद्ध र पितृपक्ष
श्राद्ध वा पितृपक्षका दिन पनि श्रीमान र श्रीमती एकअर्कादेखि टाढै हुनुपर्छ ।
२. व्रत
जुन दिन स्त्री वा पुरुषको व्रत हुन्छ । त्यो दिन पनि श्रीमान र श्रीमतीले कुनै शारीरिक सम्पर्क बनाउनु हुँदैन ।
३. औँसी
धर्मशास्त्रका अनुसार ओँसीको दिन श्रीमान र श्रीमती एकअर्कादेखि टाढा रहनुपर्छ । अर्थात शारीरिक सम्बन्ध बनाउनु हुँदैन । यस दिन सम्बन्ध बनाउनाले उनीहरुको वैवाहिक जीवनमा नकारात्मक प्रभाव पर्न सक्छ ।
४. पूर्णीमा
औँसी जस्तै पूर्णीमाको रात पनि विवाहित दम्पत्तिका लागि शारीरिक सम्बन्ध राख्नु अशुभ मानिन्छ । यस समय पनि जोडी एकअर्कादेखि टाढा बस्नुपर्छ ।
५. सक्रान्ति
सक्रान्तिमा पनि श्रीमान र श्रीमती एकअर्काको नजिक हुनु उत्तम मानिदैन । त्यसैले यस दिन शारीरिक सम्बन्ध नबनाए कै राम्रो हुन्छ ।
६. आइतबार
पुराणका अनुसार आइतबार पनि श्रीमान र श्रीमतीले एकअर्कासँग शारीरिक सम्बन्ध राख्नु हुँदैन ।
७. चतुर्थी र अष्टमी
चतुर्थी रअष्टमी तिथीमा पनि विवाहित दम्पत्ति एकअर्कादेखि टाढा हुनुपर्ने हुन्छ ।