साहित्य-कला

दशै

जीत होस् सपनाहरुको

निराशाको हार होस्

जीवनको क्रूरतामाथि,

दरिलो प्रहार होस्

चम्किलो वातावरणमा,

फूलको सुवास होस्

शोकको दुनियाँ हटोस्,

भ्रष्टताको नाश होस्

हाँसो होस् हर ओठमा

नयनहरुमा प्यास होस्

त्रास हुन् टाढा सबै,

आकांक्षाको आश होस्

मान्छेमा मान्छे बसोस्,

गन्तव्यहरुको ज्ञान होस्

उज्यालो खोज्दै उडने,

पखेटाको उडान होस्

पीडाहरु सब शेष हुन्,

हर दिन नै विशेष होस्

यो रापिलो समयमा,

शान्तिको उत्कर्ष होस्

दशै को यो बेला सबैका लागि

शान्तिमय, सुखमय बनोस

यहि नै शुभकामना !

अमित संग्रौला, बिर्तामोड, झापा

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply