महिला सशक्तीकरणको आवश्यकता
‘जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवता रमाउने गर्दछन्’ यो भावार्थलाई पुष्टि गर्न हाम्रा वेद, पुराण लगायतका धर्मग्रन्थ कही“ चुकेका छैनन् । आधा धर्ती र आकाश ओगटेका नारी समाजको उत्थान हुनु आजको सन्दर्भमा अनिवार्य आवश्यकता भइसकेको छ । नर-नारी एक रथका दुई पाङ्ग्रा हुन् भने समाज र विकासका पनि परिपूरक हुन् । असल र सभ्य समाजको निर्माणमा पुरुषभन्दा महिलाको बढी हात हुने भएकैले सेनानायक नेपोलियन बोनापार्टले ‘तिमी मलाई असल आमा देऊ म तिमीलाई असल राष्ट्र दिनेछु’ भनेका छन् ।
एक घरमा शिक्षित आमा भए परिवार नै शिक्षित गराउन सक्नेछिन् भन्ने कुरालाई आजको समाजले स्वीकारेको छ । परिवार सक्षम र शिक्षित भए गाउँ, समाज र राष्ट्र हुँदै विश्व नै शिक्षित र सक्षम हुनसक्छ । यसरी एक नारीको देनले राष्ट्र निर्माणमा ठूलो टेवा र्पुयाउँछ । समाजमा अझै नारीलाई तल्लो तथा कमजोर जातिको रुपमा लिइन्छ । स्रोत र साधनमा महिलाको न्यून पहुचका कारण समाजले दिगो आर्थिक बृद्धि गर्न सकेको छैन । नेपालमा राजनीतिक दलहरुले संविधानसभामा ३३ प्रतिशत सहभागिताको अवसर दिए पनि सो पुग्न सकेको छैन । अवसर पाएका महिलाले राम्रो नतिजा प्राप्त गरेको उदाहरण जगजाहेर नै छ ।
महिला पछाडि पर्नुको एउटै मुख्य कारण पितृसत्तात्मक सोच र राज्य व्यवस्था नै हो । जसले उनीहरुलाई अगाडि बढ्ने अवसर दिएमा पुरुषलाई नै पछाडि पार्छन् कि भन्ने सोच राख्छ । नीति निर्माण तहका पुरुषहरु पनि अन्कनाइरहेको अवस्था छ । वास्तवमै भन्ने हो भने अवसरबाट महिलालाई वञ्चित नगनेर् हो भने उनीहरु नेतृत्वदायी तहमा सजिलै जान सक्छन् । जसका लागि सोच सकारात्मक बन्नुपर्छ, विभेद अन्त्य हुन जरुरी हुन्छ । कागजी दस्तावेजमा मात्र सीमित रहन पुगेको महिला सशक्तीकरण शिक्षा, स्वास्थ्य र रोजगारमा मात्र हुँदैन ।
देशको महत्वपूर्ण क्षेत्रमा पनि महिलाको समावेशी र निर्णयात्मक भूमिका रहनुपर्छ । तब मात्र महिलामैत्री कानुन बन्छ र बनेका नीति तथा कार्यक्रम लागू तथा कार्यान्वयन हुन्छ । महिलाले कुनैपनि काम सुरु गर्नुभन्दा पहिले उसको श्रीमान्, घरपरिवार, समाज तथा आज्ञा अनुमति लिनुपनेर् हुन्छ । तर, त्यही कार्य गर्न पुरुषले स्वतन्त्रतापूर्वक गर्नसक्ने हाम्रो सामाजिक रीति र संस्कार बसेको छ । त्यसैले महिला सशक्तीकरण गर्न सबैभन्दा पहिले सामाजिक दृष्टिकोण, सामाजिक मूल्य र मान्यता, सामाजिक संस्कार र परिस्थितिलाई नै परिवर्तन गर्न लागि पर्नुपर्छ ।
महिलाले शिक्षा, स्वास्थ्य, रोजगार, गतिशीलता, आयआर्जनमा सहभागिता, नीतिनिर्माणमा निर्णयात्मक भूमिका महिला मैत्री कानुन निर्माण र कार्यान्वयन आदि विषयहरुमा गहिरिएर सबै क्षेत्रबाट लाग्नुपनेर् हुन्छ । जसरी एउटा घरमा महिला पनि कमाउन थाल्छिन् त्यो घरमा निश्चतरुपमा आम्दानीमा बृद्धि हुन्छ । आम्दानीमा बृद्धि भए सो घरमा अभावको कमी हुन्छ । अभावको कमी भए आउँदा सन्ततिले शिक्षामा अवसर पाउँछन् र सशक्तीकरणमा टेवा र्पुयाउँछ । त्यसैगरी, घरको काम र बाहिरको काम बाँडफाँड गर्नाले समयको बचत र सुविधायुक्त हुन्छ । महिला पनि गतिशील भई बन्देजबाट माथि उठिन् भने समाज परिवर्तनमा सघाउ पुग्नेछ । तसर्थ, हाम्रो समाजलाई अगाडि बढाउन शिक्षा, स्वास्थ्य, रोजगार, नीति निर्माण, महिलामैत्री कानुन, आय आर्जनमा महिलालाई सशक्त गराई देश विकासमा लाग्नुपर्दछ ।
अमित संग्रौला बिर्तामोड, झापा