यी हुन् श्रीमान श्रीमतीले शारीरिक सम्बन्ध राख्न नहुने दिनहरु
श्रीमान श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् । जीवनमा यी दईबीचको मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्छ । विवाहपछि स्त्री र पुरुषको सम्बधलाई पूर्ण रुपमा सही र शुभ मानिन्छ । तर श्रीमान श्रीमती टाढा बस्नु पर्ने दिन यस्ता रहेको छन् । धर्मशास्त्रका अनुसार यी हुन् श्रीमान श्रीमतीले शारीरिक सम्बन्ध राख्न नहुने दिनहरु, नत्र सम्वन्ध बिग्रेने डर हुन्छ ।
ब्रत
जुन दिन स्त्री वा पुरुषको व्रत हुन्छ त्यो दिन श्रीमान श्रीमतीले शारीरिक सम्बन्ध गर्नु हुँदैन ।
श्राद्ध
श्राद्ध वा पितृपक्षक दिन पनि श्रीमान र श्रीमती एक अर्कादेखि टाढै हुनुपर्छ ।
औंसी
धर्मशास्त्रका अनुसार औसीको दिन श्रीमान र श्रीमती एकअर्कादेखि टाढा रहनुपर्छ । अर्थात उक्त दिन शारीरिक सम्बन्ध राख्दा बैवाहिक जीवनमा नकारात्मक प्रभाव पर्न सक्छ ।
पूर्णीमा
औसी जस्तै पूर्णीमाको रात पनि दम्पतीले शारीरिक सम्बन्ध राख्न अशुभ मानिन्छ यस समयमा पनि जोडि एक अर्कादेखि टाढै रहनु पर्छ ।
संक्रान्ति
सक्रान्तिका दिन पनि श्रीमान श्रीमतीले सम्बन्ध नबनाएकै राम्रो उक्त दिन पनि श्रीमान श्रीमतीले सम्बन्ध राख्नु अशुभ मानिन्छ ।
आइतबार
पूराणमा आइतबार पनि श्रीमान र श्रीमतीले शारीरिक सम्बन्ध राख्नु हुदैन ।
चतुर्थी र अष्टमी
चतुर्थी र अष्टमी तिथीमा पनि विवाहित दम्पत्तिले एकअर्कादेखि टाढै रहनुुपर्छ ।
Like & Follow us on Facebook
यो पनि पढनुहोस्
असल श्रीमतीमा हुनुपर्ने २० गुणहरु
श्रीमान श्रीमती वीचको सम्बन्ध बलियो पार्ने महत्वपूर्ण टिप्सहरु