खानपान

स्वास्थ्यको लागि तोरीको साग खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

तोरीको सागको बारेमा मलाई एउटा घटना याद आयो । खेत रोप्दा-रोप्दै रात परेर हतार-हतारमाआमाले तोरीको साग गोड्नु भएछ । साझको समय हुनाले राम्रोसंग केलाउन नपाउदै दिदीले काटेर पकाउनु भएछ । म सानै थिए; मलाई पढाउनको लागि एक जना टिचर राख्नुभएको थियो प्रितम अधिकारी । हामी सवै खान बस्यौ र खाएको केहि समयमा सरले लट्ठ हुदै भन्नुभयो मलाई नसा लागेको जस्तो लागेको छ ।

त्यत्तिकैमा मलाई पनि हल्का लागे जस्तो भयो र मैले सानै भएपनि वैद्य बाको छोरा हुनाले अनुसन्धान थाले मेरो अनुसन्धान अनुसार त्यसमा धतुरोको साग परेको रहेछ । पछि यो बुबाले धतुराको पातनै भएको पुष्टि गर्नुभयो । यसरी गल्ती बस हामीले तोरीको साग संगै धतुरोको साग खान पुगेका थियौँ ।

मानव स्वास्थ्यका लागि तोरीको साग अति नै महत्वपूर्ण देखिएको छ । तोरीको सागमा भिटामिन, मिनिरल, फाइबर र प्रोटीन निक्कै लाभदायक हुन्छ । १०० ग्राम तोरीको सागमा २७ क्यालोरी, चिल्लो, ३५८ मिलिग्राम पोटाशियम, ७ ग्राम कार्वोहाइड्रेट २ ग्राम फाइवर, ३ ग्राम सुगर, विटामिन ए, सी, डी, बी १२, म्याग्नीशियम, आइरन र क्याल्शियम जस्ता तत्व पाइन्छ ।

जाडोमा तोरीको साग सेवन गर्दा हुने फाइदाहरु

तोरीको सागमा एन्टीअक्सीडेन्ट्स भरपूर मात्रामा हुने हुदाँ यसले शरीरमा रहेका विकार विसर्जनमा मुख्य भूमिका खेल्छ र रोगसँग लड्ने क्षमता बढाउँछ । त्यतिमात्र होइन तोरीको साग सेवन गर्दा मुत्रनली, पेट, छाती, फोक्सो, प्रोस्टेट र पाठेघरको क्यान्सरबाट समेत तोरीको सागले बचाउँछ ।

तोरीको सागको अन्य प्रयोग

१. तोरीको सागले कोलेष्ट्रोल नियन्त्रण गर्छ र फोलेटको निर्माण बढाउँछ । यसले कार्डियोभास्कुलर रोगको सम्भावना समेत घटाउँछ ।

२. तोरीको सागमा फाइबरको मात्रा बढी हुन्छ जुन पाचनको लागि निक्कै राम्रो मानिन्छ । यसको सेवनले पाचन प्रणली स्वस्थ रहन्छ ।

३. तोरीको सागमा क्यालोरी कम र फाइबर बढी हुन्छ ।

४. तोरीको सागमा क्याल्सियमको मात्र बढी हुन्छ । यसले पोटाशियमको मात्रा पनि बढी दिन्छ । हड्डी बलियो बनाउन चाहिने यी तत्व तोरीको सागमा पाइन्छ । हाडको समस्या हुनेलाई समेत तोरीको साग राम्रो मानिन्छ ।

५. आँखाको लागि तोरीको साग सबैभन्दा राम्रो चिज हो । तोरीको सागमा भिटामिन ए पाइने भएकाले आँखाको तेज बढाउँछ र आँखाका मांसपेसी समेत मजबुत राख्दछ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

पालुङ्गोको साग र यसको फाइदा

बेथेको साग र यसका फाइदाहरु

मानव स्वास्थ्यको लागि चम्सुरको भाजी खानुका फाइदाहरू

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!