घरेलु उपचारस्वास्थ्य

खोकी र यसको घरेलु उपचार

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

बदलिँदो मौसमको साथ-साथै रुघाखोकी हुनु एक सामान्य समस्या मानिन्छ । चिसो, प्रदुषण वा कुनै पनि मेडिकेशनको साइड इफेक्टको कारण खोकी लाग्न सक्छ । यस्तो अवस्थामा घाँटी सुख्खा हुँदा कुनै पनि चीज निल्न कठिन हुन्छ ।

खोकी लाग्ने क्रममा सूप, अदुवा, मह, भिटामिन सी र मसालेदार आहारको सेवन फाइदाजनक हुन्छ । केही यस्ता आहार पनि छन्, जसलाई खोकी लाग्ने क्रममा सेवन गर्दा नोक्सान पुर्याउँछ । अधिकांश मानिसहरुको खोकी दुईतीन दिनभित्र आफैँ पनि निको हुने गर्दछ ।

त्यसकारण पनि चिकित्सकहरुले एन्टिबायोटिक प्रतिरोधको समस्यालाई कम गर्न यस्तो सुझाव दिएका हुन् । वास्तवमा एन्टिबायोटिक्सको अत्याधिक प्रयोगले किटाणुहरुलाई बलियो र औषधि निरोधक बनाइदिने गर्दछ जसकारण सामान्य संक्रमणको उपचार गर्न समेत कठिन हुने गरेको छ ।

घरेलु उपचार

खोकी रोग नभई अन्य रोगको लक्षण भएकाले समयमै सतर्कता अपनाउनु स्वास्थ्यका लागि राम्रो फाईदा हुन्छ ।

१. अदुवाको रसमा या काढामा मह मिसाएर खानाले खोंकि सन्चो हुन्छ ।

२. प्याजको रस र मह बराबर मिसाएर चाट्नाले कफ निस्कन्छ ।

३. सुख्खा खोकीमा मह र कागतीको रस बराबर सेवन गर्नाले लाभ हुन्छ ।

४. जेठी मधुको टुक्रा चुस्नाले पनि खोकी निको हुनसक्छ ।

५. कफ केसरी मा कस्तुरी भुषण मिलाएर दिनमा ३ पटक दुई चमचको मात्रामा खान दिनु निको हुन्छ । ठिक नभएमा डाक्टरलाई देखाउन सक्नुहुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

थप सम्पर्कको लागि

डा. राम बहादुर बोहरा

कुमारवर्ती हेल्थ क्लिनिक/कुमारवर्ती औषधालय/ बोहरा होम्योपैथिक फार्मेसी

मध्यबिंदु नगरपालिका, नवलपरासी, नेपाल

सम्पर्क : ९८५७०-४०२९८, ०७८-४१००२९

यो पनि पढ्नुहोस्

नाकमा मासु पलाउने रोग र यसको उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!