कसरी आँउछ भाईरल ज्वरो ?
हावामा खेलिरहेका विषाणुहरु श्वासप्रश्वासको क्रममा नाकको माध्यमबाट मानिसको शरीरमा पुग्छ । भाइरसको प्रवेशसंगै नाक चिलाउने र नाक दुख्ने हुन्छ । जब भाइरस घाटीमा पुग्छ अनि घाटी खसखस गर्छ । अनि त्यो अन्तिममा फोक्समो पुगेपछि खोकी लाग्न थाल्छ । भाइरलको प्रवेश संगै नाकबाट हाछिउ आउने, रुघा लाग्ने, नाकको स्वर फेरिने, घाटीमा अप्ठेरो पर्ने, स्वर विग्रने गर्छ ।
फोक्सोमा पुगीसकेपछि भाइरस रगममा मिसिन्छ र शरीरका सम्पूर्ण भागमा फैलिन्छ । रगतमा फैलनासाथ मानिसमा ज्वरो आउछ । ज्वरो आउदा शरीरमा तातो हुन्छ किनकी ताप निकाल्न शक्ति चाहिन्छ । शरीरमा रहेको शक्ति ज्वरो निकाल्नमा खर्च हुने भएपछि शरीरको प्रतिरोधात्मक शक्ति कमजोर हुने र भाइरसको शक्ति बलियो हुन्छ । ७२ घण्टा देखी ५ दिनसम्म बढी क्रियाशिल हुने भाइरल त्यसपछि आफसे आफ हराएर जान्छ ।
भाइरल ज्वरोबाट जोगिन के गर्ने ?
तपाईको परिवारमा कुनै एक जनालाई रुघाखोकी लाग्यो भने त्यसको भाइरस अन्य व्यक्तिमा पनि तत्कालै सर्न सक्छ । त्यसैले संक्रमित मासिनले मास्कको प्रयोग गर्नु उपयुक्त हुन्छ । ताकि हाछिउ गर्दा , खोक्दा उसको रोग अन्य व्यक्तिमा प्रवेश गर्ने कम सम्भावना हुन्छ । अर्को उपाय भनेको मन तातो पानी खानुपर्छ । जतिबढी मनतातो पानी खायो त्यतिनै छिटो सो पानी रगतमा फैलने र भाइसरलाई पिसावको माध्यमबाट बाहिर फाल्ने काम गर्छ । जति धेरै पानी खायो त्यतिनै छिटो निको हुन्छ ।
गाँउघरतिर ज्वरो आउदा बेसार पानी पनि खाने चलन छ । बेसार तथा अदुवालाई आयुर्वेदमा एन्टीसेप्टीकको रुपमा लिने गरिन्छ । एन्टीसेप्टीक भनेको जिवाणुलाई न्युन गर्ने तत्व हो । त्यसैले यसको सेवनले विगत गर्दैन । अर्को भनेको ज्वरो रोक्ने औषधी सिटामोल खानु राम्रो यसले ज्वरो आउन खर्चिने शरीरको शक्ति बचत हुन्छ । त्यसले छिटो भाइरसलाई हराउन मद्धत पुर्याउछ । यति गरेमा यसको आफै निको भएर जान्छ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।