स्वास्थ्य

रिंगटा किन लाग्छ ?

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

परिचय 

आफुलाई घुमाएको जस्तो, हल्लाएको जस्तो, कतै ढल्किन लागेको जस्तो, लड्न लागेको जस्तो वा सन्तुलन गुमाउन लागेको जस्तो महसूस हुनुलाई रिंगटा लाग्नु भनिन्छ । रिंगटा लाग्दा कहिलेकाहीं टाउको हलुंगो भएको जस्तो हुने र सीधा हिंड्न पनि गाह्रो हुने हुन्छ र कतै बेहोशै हुन्छु कि जस्तो पनि लाग्न सक्छ।

यस्तो किन हुन्छ ?

हामीमा सन्तुलनको भावना बनाइराख्ने कुरामा निम्न अंगहरुको संयुक्त भूमिका हुन्छ:

आँखा : आँखाले तपाईंलाई आँफू कहाँ छु भन्ने चेतना दिइरहने काम गर्छन् ।

कानको भित्री भाग : यसले तपाईंलाई अगाडी पछाडीको गति र गुरुत्वाकर्षणको आभास दिन्छ ।

स्नायु तन्तुहरु : यिनले मस्तिष्कलाई तपाईको शरीरको स्थिति र चालका बारेमा सूचना दिने काम गर्छन् । यिनमा हुने कुनै पनि प्रकारको व्यवधानले हामीलाई रिँगाउने वा चक्कर लाग्ने समस्या हुन सक्छ । यिनीहरुका बीचको जटिल कार्यगत एकतालाई पहिल्याएर रिँगटा लाग्नुको वास्तविक कारण पत्ता लगाउनु भनेको निकै गाह्रो कुरा हो ।

कारणहरु

मष्तिस्कमा आवश्यक मात्रामा रगतको आपूर्ति नहुनुले टाउको हलुका भएको महसूस गराउने खालको रिँगटा लाग्दछ । अचानक रक्तचाप कम हुंदा । यदि सुतेको वा बसेको ठाउँ बाट अकस्मात् उठियो भने अथवा रक्तचाप घटाउने दवाई खानुभएको छ भने अचानक रक्तचाप घट्न सक्छ ।

उपचार 

रिंगटाको उपचार लक्षणमा निर्भर गर्दछ । कतिपय अवस्थामा उपचार गर्दा निको भएपनि केही अन्तरालपछि लक्षणहरु फेरि देखिन सक्छन् ।

सामान्यतया रिँगटा लाग्नु वा भर्टिगो उति चिन्तनीय होइनन् तर तिनका कारणले भोग्नुपर्ने अनुभूति निश्चय नै दिक्कलाग्दा हुन्छन् । त्यसैले उपचारको उद्देश्य ती लक्षणहरुमा कमी ल्याउने र कारण पत्ता लगाएर निराकरण गर्ने कुरामा केन्द्रित हुन्छ । सो निम्न तरीकाले गर्न सकिन्छ ।

स्व-उपचार 

यदि तपाईंलाई टाउको हलुका भए जस्तो खालको रिंगटा लाग्छ भने निम्न कुरामा ध्यान दिनाले सहयोग पुग्न सक्छ ।  डाक्टर नभएको अवस्थामा कागती निबूवा एक गिलास पानीमा निचरेर थोरै नुन राखेर दैनिक पिउन दिने वा पिउने यो समस्या हल हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

रक्सी सेवनका नकारात्मक असरहरु

चक्कर किन लाग्छ ?

मुटुको समस्याबाट कसरी बच्ने ?

मानिसलाई रिंगटा के कारणले लाग्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!