स्वास्थ्यहेल्थ टिप्स

खयरको घरेलु औषधीय गुणहरु

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

आयुर्वेदिक पद्धति अनुसार खयर अनेक रोगहरूमा उपयोग गरिन्छ। पाचन शक्ति बढाउन र अतिसारलाई निकै फाईदा गर्दछ। घाउ, खटिरा, बाथ तथा मर्केको जोर्नीहरूमा लेप लगाउन पनि यसलाई प्रयोग गरिन्छ।

दाँत कीराले खाएमा

मरिचको धूलो, खयर, कपुर बराबर पिधेर दाँत माज्ने गरेमा गिजा पाक्ने, दाँत हल्लिने, कीराले खाएको लगाएतको रोगहरु ठीक हुन्छ ।

सुख्खा खोकीमा

चिम्टी खाने खयर, १ चिम्टी बेसार तातोपानीसँग विहान/वेलुका खाने गरेमा २/३ दिनमा नै सुख्खा खोकी ठिक हुन्छ ।

खयर

कान पाकेमा

पाकेको कान सफा गरी धूलो खयर १ चिम्टी कानमा हालिदिएमा पिप आउन बन्द हुन्छ ।

जुका परी पेट फुलेमा

खयरको चिया दुई तिन दिनसम्म खानाले जुका परी पेट फुलेको ठिक हुन्छ । झाडा लागेकोमा पनि खयरको चिया खाएमा ठिक हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!