स्वास्थ्य

पानी र यसको महत्व

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मानव र पानीको गहिरो सम्बन्ध छ । सम्पूर्ण प्राणीहरुको जीवन धान्नको लागि पानी नभई हुँदैन । यो सर्वव्यापि घोलक हो । यसलाई विज्ञानमा यौगिकको रुपमा लिईन्छ । पानी पृथ्वीमा धेरै मात्रामा पाइन्छ । यो धेरै ठाउँ र धेरै आकारमा मुख्यत: महासागर र ध्रुविय बरफका रूपमा, अनि बादल, वर्षा, खोला र समुद्रमा पाइन्छ ।

पृथ्वीमा पानी सँधै वाफ, झरी र खोलानाला भई समुद्र अनि फेरि बाफको चक्रमा बहिरहन्छ । सबै प्राणीलाई पानी आवश्यक छ । मानिसहरू शरीरको आवश्यकता अनुसार पानी पिउँछन् । बढ्दो विश्व जनसङ्ख्यासँगै यो प्राकृतिक सम्पदाको अभाव हुन थालेको छ र यसको आपुर्ति एक ठूलो सामाजिक र आर्थिक मुद्दा हुन पुगेको छ ।

मानव शरीरलाई पानीले लगभग ७२% ले ओगटेको हुन्छ। शरीरले दैनिक कार्यहरू सहज रूपमा गर्न १ लिटरदेखि ७ लिटरसम्म पानीको आवश्यकता पदर्छ । जलवियोजनबाट बच्न दैनिक क्रियाकलाप, आद्रता, तापक्रम अनुसार फरक मात्रामा पानीको सेवन गर्नु जरुरी हुन्छ ।

हाम्रो शरीरमा भएको पानी पिशाब, पसिना, दिशा र सास फेर्दा बाफको रूपमा बाहिरजाने गर्दछ । गर्मी याममा मानीसलाई प्यास बढी लाग्ने हुनाले पानीको सेवन बढी गर्दछन् भने जाडो याममा पानी कम पिउने गर्दछन् । गर्मीमा भन्दा बढी पत्थरी जाडो याममा जम्ने हुनाले यसतर्फ कसैको ध्यान पुग्न सकेको छैन् ।

स्वस्थ रहन जति आवश्यक खानाको हुन्छ त्यो भन्दा बढी पानीको हुन्छ । पानीको सेवन हरेक मौसममा गर्नुपर्छ । जाडो याममा पानीलाई हल्का गरम गरेर भएपनि पिउने बानी गर्नु स्वास्थ्यका लागि महत्वपूर्ण छ । पानी नै हाम्रो जीवन हो पानी बिना यो जीवन अधुरो छ । स्वास्थ्य रहन पानीको आवश्यकतालाई पुरा गरौं भन्ने हाम्रो मान्यता छ । (पानी पिउ स्वस्थ रहौं,भन्ने नारालाई सफल पारौं)

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

स्वस्थ रहन पानी कति पिउने ?

हाम्रो शरीरलाई पानी किन चाहिन्छ ?

उभिएर किन पानी पिउन हुँदैन ?

पानी कम हुँदा निम्तने ९ समस्याहरु

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!