ज्योतिषशास्त्र

मेष राशिका मानिसहरुको स्वभाव

यस्तो हुन्छ थाहा पाउनुहोस् मेष राशिका मानिसहरुको स्वभाव  ! ज्योतिषशास्त्रका अनुसार सबै १२ राशीका मानिसको स्वभाव अलग अलग हुन्छन् । मानिस अनुसार रुची पनि फरक-फरक नै हुने गर्दछ । साथै राशि अनुसार पनि मानिसहरु फरक शैलीका हुन्छन । राशिफलले मानिसको प्रेमको पनि निधारण गर्ने ज्योतिषहरु बताउँछन् । मेष राशिका व्यक्तिहरुको स्वभाव कस्तो हुन्छ ? शुभ राशि र शुभ बार कुन हो ?

१. मेष राशिका मानिसहरु क्रोधी र महत्वाकांक्षी हुने गर्दछन, मेष राशिलाई मङ्लको बिशेष प्रभाव परेको हुन्छ, उनीहरु निकै र छिट्टै रिसाउने खालका हुन्छन साथै एकोहोरो पनि हुन्छन, सोचेपछि सोच्यो सोच्यो र आटेपछि गर्यो गर्यो भन्ने खालका हुन्छन, उनीहरु जती रिसाहा र काठोर हुन्छनत्यति नै छिटो शान्त हुने र कोमलो मन भएका पनि हुन्छन ।

२. उनीहरु अनुशासनमा निकै ध्यान दिन्छन, सबैलाई आफ्नो तल राखेर काम गर्न रुचाउछन, उनीहरु कुनै पनि कार्य गर्दा त्यसवाट लाभ प्राप्त भएन भने वा सोचेजस्तो भएन भने त्यो कार्यलाई त्यति कै छोड्न पनि तयार हुन्छन, उनीहरु निकै हत्तारे प्रवृतिका हुन्छन, कुनै पनि कार्य हतार मै गर्दिहाल्छन ।

३. उनीहरुलाई पित्त र पेटसम्बन्धी समस्या हुने गर्दछ, उनीहरुले जती पानी पिउन सक्यो त्यति नै फाईदाजनक रहन्छ, उनीहरु कुनै पनि कार्य गर्दा हतारमा बिचारै नपुराइ गरिदिन्छन ।

४. आफ्ना नातागोतामा सुमधुर सम्बन्ध कायम राख्न यस्ता मानिसले आफ्नो वाणी र व्यवहारमा विनम्रता ल्याउनुपर्छ, योजना बनाउन मनपर्छ, नेतृत्व गर्न चासो राख्छन् तर कसैको निर्देशनमा काम गर्न मन पर्दैन ।

५. मेष लग्नका जातक सफा मन भएका हुने गर्दछन् र जस्तै भएपनि भन्नुपर्ने कुरो अगाडि नै भन्छन्, उनीहरुलाई अरुले अर्ती उपदेस दिएको र आफ्नो कार्यमा अरुले हस्तछेप गरेको मन पर्दैन, उनीहरु आफ्नै सोच र आफ्नै तरिकाले अघि बढ्ने खालका हुन्छन ।

६. मेष राशीलाई सेना, पुलिस, गुप्तचर, ठेकेदारी, ज्योतिष, तन्त्रमन्त्र , जादु, पौडिबाजी, चिकित्सक आदिमा रुची हुन्छ र यहि बिषयमा लागि परेमा सफल पनि हुन्छन ।

७. शुभबार मंगलवार र बिहीवार हो र घातकबार आईतवार हो । शुभ रत्न मुगा, पुष्पराज र मणिक हो, मित्र राशी कर्कट, ब्रिस्चिक, धनु र मिन हो र शत्रु राशी तुला मकर र कुम्भ हो ।

यो पनि पढ्नुहोस् 

मेष राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य

यी राशि भएका मानिसले प्रेम र विवाह गरे असफल हुन्छन्

यी ४ राशी भएका पुरुषले पाउँछन् सुन्दर र गुणवती श्रीमती

यी ४ राशि हुने मानिस सबैभन्दा धनी हुन्छन्

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!