जिरा र यसको प्रयोग
जिरालाई सामान्यतया मसलाको रुपमा प्रयोग गरिन्छ । यसलाई पानीमा उमालेर नियमित पिउँदा स्वास्थ्यको लागि निकै फाइदाकारी सावित हुन्छ । यसमा हुने एन्टीअक्सिडेन्ट्स, आइरन, कपर, पोटासियम र म्याग्नेसियले शरिरलाई धेरै समस्याबाट बचाउँछ ।
जिरा प्रयोग
१. जिरा पानीले एसिडको असरलाई कम गर्दछ । दैनिक बिहान खाली पेटमा पिउनाले पेट फुल्ने र एसिडिटीको समस्या कम हुन्छ ।
२. जिरा पानीले रगत प्रवाह ठिक राख्दछ । साथै हात खुट्टा बाँउडिने समस्या कम गर्छ ।
३. शरिरको अशुद्धी बाहिर निकाल्न मद्धत गर्छ । यसले शरिरलाई डिटक्सीफाइ गर्न सहयोग गरि विभिन्न रोगबाट बचाउँछ ।
४. जिरा पानीले पाचन प्रक्रिया सहज बनाउँछ, कब्जियतबाट बचाउँछ ।
५. जिराको पानीमा आइरन प्रशस्त पाइन्छ । यसले रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ । शरिरमा हुने रगतको कमीको समस्या टाढा राख्छ ।
६. जिरा पानीले टाउको दुख्ने समस्यामा कमी ल्याउँछ ।
७. जिरा पानी नियमित पिउँदा शरिरमा बोसोको मात्र सन्तुलित हुन्छ । शरिरको तौल घटाउँन मद्धत गर्छ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।