विज्ञान जिज्ञासा

ए.सी. (a.c) र डी.सी. (d.c) करेन्टमा कुन बढी किन खतरनाक हुन्छ ?

बिजुली चाहे ए.सी.(alternating current) होस वा डी.सी. (direct current) दुवै खतरनाक हुन्छन् । प्राय: गरेर हामी सोच्ने गर्छौ कि ए.सी. डी.सी. भन्दा ज्यादा खतरनाक हुन्छ । तर तुलनात्मक रूपमा डी.सी. ए.सी. भन्दा ज्यादा खतरनाक हुन्छ । डी.सी. धारामा यदि मानिस विद्युतको सम्पर्कमा आयो भने प्रवाहित धाराको मान परिपथ पूर्ण भएको बेला बढी स्थिर रहन्छ । यही कारण मानिसलाई छुटाउने कुनै अवसर मिल्दैन । तर ए.सी. मा धाराको मान परिवर्तन हुदै जाने भएकोले र यो एक सेकेन्डमा १०० पटक शून्य हुनजान्छ । यसरी भाग्यशाली व्यक्तिलाई धाराको मान शून्य हुने समयमा छुटाउने मौका मिल्न सक्छ ।

साथै डी.सी. धारामा आवृत्ति कारक पनि नहुने भएकोले यो डी.सी. धारा पूर्ण रूपमा शरीरभित्रबाटै प्रवाहित हुन जान्छ । जसको फलस्वरूप शरीरलाई धेरै मात्रामा क्षति पुग्न जान्छ । तर ए.सी. धारामा आवृत्ति शरीरको भित्रवाट प्रवाहित हुन पाउदैन् किनभने यसको केृही मात्र शरीरको बाहिरी सतह छालाबाट पनि प्रवाह हुन्छ । जसको कारण शरीरको आन्तरिक अंगहरूलाई होस् वा डी.सी. यसको घातकता पनि धेरै कारणहरूमा निर्भर गर्दछ । जस्तैः विद्युत धाराको मात्रा मान, भोल्ट, शरीरको प्रतिरोध क्षमता, शरीरको प्रकृति शरीर सुख्खा छ वा भिजेको एवम् परिपथ कुन प्रकारले पूर्ण भएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!