साहित्य-कला

बसन्त आँउदैछ प्रिय

चीसोमा कठ्याँङ्ग्रिएर
चाउरि परेका तिम्रा लाजका गहना
अब धेरै बेर नग्न हुने छैनन् ।
काठ्ठिएको तिम्रो शरिरमा योवन भर्न
बसन्त आँउदैछ प्रिय, बसन्त आँउदैछ ।

कहि कतै कसैले गिज्यायो भने पिर नमान्नु ।
उजाड तिम्रो निर्ममता भित्र,
सिंगो संसार मुस्काउने खुसी ल्याउन
बसन्त आँउदैछ प्रिय, बसन्त आँउदैछ ।

हलक्क गगन चुम्ने आँट गर्दै
उक्लेको बाँसको, सुपेता निकाले झैं ..
श्रृंगार उतारेर, श्रृंगारकै प्रतिक्षामा छौ तिमी
धेरै नआत्तिनु, रत्तिभर बिचलीत नहुनु,
बसन्त आँउदैछ प्रिय, बसन्त आँउदैछ ।

गिज्याउदै ठडिएका चुनौतिका
पहाडहरु देखि नभाग्नु……….
सिलाजितको अमृत निकाल्दै,
आरोहणको शक्ति दिन
बसन्त आँउदैछ प्रिय, बसन्त आँउदैछ ।

प्रकृतिको बेग संगै सुसाउन नि छाड्यौ किन ?
छाती भरि पखालेर हरिया रंगहरु,
संगालेर मुठ्ठि भित्र, अपार पौरखहरु,
दुःखी कहिल्यै नवन ।
तिम्रो प्रत्येक कोसमा प्रेमिल सिंचित गर्न…
बसन्त आँउदैछ प्रिय, बसन्त आँउदैछ ।

बिरक्त होइन, रहरका आँखाहरुले,
हरियो चुम्बनगर्ने पाखाहरुलाई,
बैशको चन्चल उन्माद छचल्काउने दिन,
मोहिनी अंगालोमा ढुकढुकी सुनाउन
बसन्त आँउदैछ प्रिय, बसन्त आँउदैछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!