विज्ञान जगतमा मेण्डलको योगदान के रहेको छ ?
आफ्नो अनुसन्धानको लागि उनले मठको बगैचाको ३५ मिटर लामो र ७ मिटर चौडाइ भू-भाग लिए । मेण्डलले विभिन्न ३४ थरीका पिसम स्याटिभमको केराउका प्रकारहरु छाने र त्यसको वंशाणुगत शुद्धताको परीक्षण कार्य थाले । उनले एक आपसमा अन्तरप्रजनन गराएर नश्ल सुधार गर्न सकिन्छ भन्ने कुरामा लागे । उनले ८ वर्षभन्दा बढी अवधिमा २८००० केराउका बोटहरु लिई होसियारीपूर्वक योजनाबद्ध ढड्डले प्रयोगको माध्यमद्वारा अध्ययन अनुसन्धानलाइृ अगाडि बढाए । मेण्डलले अनुसन्धानप्रतिको झुकाव हुनुो कारण उनको प्रकतिप्रतिको प्रेम थियो । रुखविरुवाहरुमा पाइने अनौठो र अमिल्दो गुणले मेण्डललाई आकर्षित गयो । उनले आफ्नो बगैँचामा हिडडुल गर्ने क्रममा अलंकारिक विरुवाहरुमा विविधता भएको र अनौठो र आश्चर्य लाग्दो गुण महसुस गरे ।
उनले विभिन्न विशेष गुणक भएका विरुवाहरु छाने । उनले आफ्नो अवलोकनबाट यो निष्कर्ष निकाले कि-“कुनै पनि विरुवाको सन्तानले आफ्नो वंशजबाट आवश्यक स्वभाव वा गुण हासिल गर्दछ र यसको लागि वातावरणले कुनै असर गर्दैन ।” यसै प्रयोगबाट नै वंशाणुगत गुणहरुको बारेमा विचार जन्मन थालेको हो । एक वंशबाट अकोए वंशमा वंशाणुगत गुणहरु प्रसारित हुँदा निश्चित प्राकृतिक नियमहरुको पालना हुन्छ । जसलाई उनले ३ वटा वंशाणुगत सिद्धान्तहरु आधिपत्य सम्बन्धी नियम, पृथकीकरण सम्बन्धी नियम र स्वतन्त्र वर्ण अनुसारको नियम नामाकरण गरे । त्यसपछि उनले वंशाणुगत गुणहरु गणितीय र तथ्याड्ढीय नियमहरुमा आधरित हुँदारहेछन् भन्ने तथ्यलाई बाहिर ल्याए ।
मेण्डलका नियमहरु (Law of Mendel)
१. आधिपत्य सम्बन्धी नियम (Law of Dominance)
म एउटा अग्लो र होचो केराउ बीच प्रजनन् गर्दा पहिलो वंशमा सबै अग्ला विरुवा मात्र रेखापरे र होचो विरुवाको गुण दविएर रह्यो । दविएर रहेको त्यो गुणलाई “लुप्त गुण” भनिन्छ । प्रकृतिको यो नियमलाई उनले Law of Dominance नामाकरण गरे ।
२. पृथकीकरण सम्बन्धी नियम (Law of Segregation)
दोस्रो वंशमा एउटा अग्लो, २ वटा मिश्रित (ठिमाहा) र एउटा होचो पाए । यसरी दोस्रो वंशमा प्रवल गुणको साथै लुप्त गुण देखा पर्नुलाई उनले Law of Segregation नामाकरण गरे ।
३. आनुवंशिका नियमहरु (Law of Inheritance)
वंशाणुगत गुणहरु एक पुस्ताबाट अर्कोमा सर्ने र यसबाट बोटविरुवा र प्राणीहरुमा नष्ल सुधार गर्न सक्ने कुरा प्रकाशमा ल्याए, जसलाई (Law of Inheritance) भनिन्छ ।