के हो फ्याटीलिभर ?
कलेजोमा बोसोपना बढ्नु पछिल्लो समयमा शहरीकरणसँगै बढेको समस्या हो । यसले भविष्यमा विकराल रूप नै लिने खतरा देखिन्छ । कलेजोमा बोसोपना बढ्नु विभिन्न शारीरिक प्रक्रियाको उपज हो । यसले विशेषतः मेटावोलिक सिन्ड्रमसँग सरोकार राख्छ । मेटावोलिक सिन्ड्रम भन्नाले मधुमेह, अत्याधिक मोटोपना र ट्राइग्लिसिराइड बढ्नुलाई बुझाउँछ । केही औषधिको सेवन पनि यसको कारक बनेको हुनसक्छ ।
मेथोट्रेक्सट, एमियोडारोन आदि औषधिले यसलाई सहयोग गर्छन् । यो प्रायः सबै उमेर समूहमा देखिन्छ । आजभोलि ननअल्कोहोलिक यो डिजिजले संसार भरी नै चर्चा पाएको छ ।
फ्याटीलिभरका कारण
यसलाई यहाँ दुई प्रकारले वर्णन गर्ने प्रयास गरिएको छ । एउटा, रक्सीजन्य पदार्थले हुने यो अर्थात् अल्कोहलिक फ्याटीलिभर । अर्को, रक्सी सेवन नगर्ने व्यक्तिमा देखिने यो अर्थात् ननअल्कोहलिक फ्याटीलिभर ।
ननअल्कोहोलिक फ्याटिलिभर डिजिज
ननअलकोहोलिक यो शहरीया जनसंख्याको करिब २० प्रतिशतमा पाइन्छ । मोटोपना, मधुमेह, उच्च रक्तचाप, नियमित रुपमा प्रयोग गरिने केही औषधि ९जस्तै स्टेरोइड, एमीयोडारोन तथा केही केमोथेरापीमा प्रयोग हुने औषधि० का कारण ननअलकोहोलिक यो देखा पर्छ । जंकफुड तथा कार्वोनेटेड सफ्ट डिं«क पनि यो समस्या बढ्नुका कारण हुन् । मेटावोलिक सिन्ड्रम अर्थात् अत्याधिक मोटोपना, इम्पेरडग्लुकोज टोलरेन्स र हाइपर ट्राइग्रिलीसीरेडिमिया भएका व्यक्तिमा यो ४ देखि ११ गुणा बढी देखिन्छ ।