यौन जिज्ञासा

महिला र सेक्स कमजोरी

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

सेक्स अति आवश्यक छ तर महिलामा सेक्सप्रति रूचि नहुँदा पारिवारिक कलह हुने घरमा अशान्ति हुने या डिभोर्स जस्तो समस्या आइलाग्ने सम्भावना देखिन सक्छ । आज यसै विषयमा हाम्रा पाठकहरूलाई जानकारी दिन गइरहेको छु ।

आजको लेखमा यस्ता महिलाले कस्तो खाना खाने कस्तो औषधि सेवन गर्नाले यसको समाधान सम्भव छ भन्ने कुरा जान्न आवश्यक छ । ज्वानोमा एंड्रोस्टेरोन पाइन्छ जसको कमिले गर्दा सेक्समा अरूची हुनसक्छ । एंड्रोस्टेरोन एउटा सेक्स हर्मोन हो यसको अभावमा यस्तो समस्या देखिएको हुन्छ ।

ज्वानो हामीले बच्चा जन्मेको बेला सुत्केरीलाई दिने प्रचलन सदियोदेखि थियो आज पनि छ । ज्वानोमा पौष्टिकतत्व हुने हुनाले दुध उत्पादनमा ठूलो भूमिका यसले निर्वाह गरेको छ भने यसले ताकत दिने काम पनि गर्दछ । हाम्रो भान्सामा अटाउने ज्वानो दैनिक हरेक तरकारीमा राखेर खाने गर्नाले राम्रो फाइदा गर्दछ । ज्वानोलाई पिसेर पाउडर बनाएर खान पनि सकिन्छ ।

हामीलाई प्रकृतिले यस्ता अनगिन्ती औषधि यत्रतत्र छरिदिएको छ यसको सहि उपयोग हुन नसक्दा राम्रो फाइदा उठाउनबाट बन्चित भएका छौं । सेक्स पावर बढाउन लसुन र प्याजको भूमिका पनि राम्रो छ प्याज र लसुनलाई घिउमा भुटेर खाने गर्नुस राम्रो फाइदा देखिन थाल्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

राशीको यौन व्यबहार

कुन राशिको सेक्स चाहना कस्तो ?

सेक्समा चरम आनन्द प्राप्त गर्ने चरणहरु

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!