अचम्मको संसार

कस्तो अचम्म ! यी देशमा महिनावारीका बेला महिलालाई विदा दिइन्छ

कस्तो अचम्म ! नेपालमा महिनावारी हुदाँ छुन हुदैन भन्ने चलन छ, तर यी देशमा महिनावारीका बेला महिलालाई विदा दिइन्छ ! महिनावारी भनेको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । यो हाम्रो शरीरमा भएका हर्मोनहरुको मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने सङ्केत हो । यदि महिला महिनावारी भइन् भने पाठेघरले बनाएको रगतको तह विस्तारै योनिमार्ग हुदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ जुन रगतको रङ्ग गाढा रातो हुन्छ र कहिलेकाही ढिका जस्तो भएर जमेको रगतका रूपमा पनि बाहिर निस्कन्छ ।

साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ; कसैमा आठ वर्ष देखि नै महिनावारीको लक्षण देखिने गर्दछ जुन साधरण मानिन्छ । महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ । महिनावारी महिला ४५ देखि ५५ भित्रमा सकिन्छ । महिनावारी हुनु भनेको एक प्राकृतिक प्रक्रिया हो । एक वयस्क युवती सन्तान उत्पादन क्षमता परिपक्क भयो भन्ने कुरा महिनावारी भएपछि बुझिन्छ। तर नेपालमा महिनावारी भएको बेला महिलालाई गर्ने व्यवहार सस्कार परम्परा निकै संकुचित छ । प्राकृतिक रुपमा पाएको कुरालाई परम्परा सस्कारसंग जोडेर स्याहार सुसार भन्दा बढी अपहेलना घृणा तिरस्कार गर्ने चलन अझै पनि हटिसकेको छैन ।यस्तो बेलामा शारीरिक रुपमामा महिला कम्जोर हुने गर्दछन् जुन बेला अन्य समयमा भन्दा बढी ख्याल गर्नु पर्ने हुन्छ । तर विश्वका केही देशहरुमा भने महिनावारीका बेला महिलालाई विदा दिइन्छ ।

महिनावारीका बेला हुने समस्याका कारण उनीहरुले काम गर्न असहज हुने भन्दै यस विषयमा सबैभन्दा पहिले जापानमा आवाज उठाइएको हो । त्यसपछि सन् १९४७ मा यहाँ महिलाहरुलाई महिनावारीका समयमा विदा दिने कानुन बन्यो । यहाँ महिनावारी भएका बेला महिलाले विदा लिने वा सो दिन काम गरेर विदाको दिनको थप ज्याला लिने दुईमा एक रोज्न पाउँछन् । रमाइलो कुरा यहाँका महिलाले महिनावारीका बेला विदा भने लिँदैनन् किनकि उनीहरुमा यसरी विदा लिँदा समाजले हेय दृष्टिले हेर्ने मान्यता छ ।

इण्डोनेसियामा पनि १९४८ मै महिलालाई महिनावारीका बेला विदा दिने कानुन बनेको हो । यहाँ महिलाले महिनावारीका बेला २ दिन विदा लिन सक्छन् । यहाँ यो कानुन पालना नगर्ने कम्पनीलाई मानसिक दुव्र्यवहारको आरोपमा कारवाही गरिन्छ । ताइवानमा २०१३ मा महिलाहरुलाई महिनावारीका बेला विदा दिने प्रचलन सुरु गरियो । यहाँ महिलाहरुले महिनावारीका बेला घरबाटै काम गर्न चाहेमा भने गर्न सक्छन् । सो वापत यहाँ ओभरटाइम दिने प्रचलन छ । दक्षिण कोरियामा २००१ मा महिलालाई महिनावारीका बेला विदा दिने प्रचलन सुरु भएको हो । यहाँका महिलाले महिनावारीका बेला १ दिन विदा पाउँछन्।

यो पनि पढनुहोस्

रोजीरोजी दुलही किन्न पाइने देश बुल्गेरिया

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply