स्वास्थ्य

यौनजन्य रोग हर्पीज जेनीटेलिस र यसको उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हर्पीज जेनीटेलिस पुरूषलाई हुने एक प्रकारको यौनजन्य रोग हो । यो रोग पनि वायरस रोग अन्तर्गत पर्दछ । यो रोग आजकल फाट्टफुट्ट देखिन थालेको छ । यो रोग लिङ्गको अग्रभाग (Glans Penis) मा सानो सानो दाना टाइपको लक्षण देखिन्छ ।

कारणहरु

यो वायरसद्वारा फैलने रोग हो । यो रोग प्राय: कमजोर पुरूषमा बढी प्रभाव हुने गर्दछ । यो रोगबारे पुर्ण जानकारी नहुनाले उपचार हुन नसक्दा मानिसले दु:ख
भोगेको अवस्था छ । यो रोग पहिलो पटक हामीले देखेकाले यहाँ लेख पस्कने जमर्को गर्दैछौं ।

यो रोग एक पटक भईसकेपछि पटक-पटक हुने गरेको पाइन्छ । यो रोग यौन अंग बाहेक अन्य शरीरमा पनि हुने गरेको पाइन्छ । यस्तो रोगमा महिलाहरूको यौन अंगमा पनि हुने गरेको छ । यो रोगमा पेनिसिलीन ग्रुपको औषधिले काम गर्दैन ।

उपचार (Treatment)

१. क्लोरमफेनिकल (Chloramphenicol) उमेर र अवस्था हेरि २५० मि.ग्रामदेखि ५०० मि. ग्रामसम्म दिनमा ४ पटक एक हप्तासम्म खान दिने ।

२. क्लोरोमाइसिटीन एप्लीकेब (Chloromycetine Applicab) आइन्टमेण्ट दश दिनसम्म लगाउनाले राम्रो फाइदा गर्दछ । यो उपचार केवल यौन अंगमा देखिने रोगको लागि मात्र हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढनुहोस्

इन्ट्रासेरिब्रल हेमोेरेज र यो हुने कारणहरु

यौन रोग ग्रेनूलोमा वेनेरियम र यसको उपचार

फेसियल प्यारालाईसिस र यसको उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!