कालो हलेदोको सफलाताको तान्त्रीक रहस्य
हाम्रो करेसा बारीमा उत्पादन गर्न सकिने हलेदो भन्दा फरक कालो हलेदोको बारेमा आज मैले प्रकाश पार्ने जमर्को गर्दैछु । तान्त्रीक प्रयोजनको लागि कालो हलेदो बढी प्रयोग हुने गरेको छ । कालो हलेदोका थुप्रै प्रयोगहरू छन् । मैले पाठकको हितको लागि यहाँ कालो हलेदोको प्रयोगबारे जानकारी पस्कदैछु ।
मानिसको सवैभन्दा ठूलो आवश्यकता भनेको धन पैसा हो । यदि हामीले कालो हलेदोलाई तान्त्रीक मेथडबाट प्रयोग गरेको खण्डमा चमत्कारीक फाइदा लिन सकिन्छ । कुनै पनि काम गर्दा सिद्ध गरेर गर्नुपर्छ भनेको छ । आउनुस् कालो हलेदो कसरी सिद्ध गर्ने भन्नेबारे पहिले सिकौं ।
कालो हलेदो सिद्ध गर्ने तरिका
शुक्ल पक्ष वा कृष्ण पक्षमा सूर्य निक्लनु पूर्व नुहाउनु होस् । सफा कपडा लगाएर पूर्व दिशामा फर्केर बस्नुहोस् र धुप दिप दिएर पुजा गर्नुहोस् । ‘मन्त्र ओम ह्रीं सूर्याय नम:’ को जाप १०८ पटक गरेपछि सिद्ध हुन्छ । यो नियम आउने अष्टमीसम्म नित्य गर्नुपर्दछ । सिद्ध गरिसकेपछि पंडितलाई दान दिइसकेपछी यो सिद्ध हुन्छ ।
प्रयोग गर्ने तरिका
१. सिद्ध गरिसकेपछि काहिँ जादा कालो हलेदोको टिका लगाएर जानाले बिग्रेको काम सवै बन्दछ । लामो समय विमारीलाई हलेदो छोएर नदिमा बगाई दिनु निको हुन्छ ।
२. यदि लाख कोसिस गर्दा समेत पैसा बचत हुन सक्दैन भने शुक्ल पक्षको पहिलो शुक्रबार नागकेसर र सिंदूर कालो हलेदोमा राखेर लक्ष्मीको तस्बिर नजिक केहि बेर राखेर पैसा राख्ने सेफमा राख्नाले धन पैसाको अभाव हुदैन ।
३. व्यपारमा असफलता भएमा एउटा पहेलो कपडामा कालो हलेदो र ११ गोमती चक्र, चाँदीको पैसा ११ कौडी बाँधेर १०८ पटक ‘उं नमो भगवते वासुदेव नम:’को जाप गरेर पैसा राख्ने ठाउमा राख्नुहोस् व्यापार चम्कन थाल्दछ ।
४. सिद्ध गरेको कालो हलेदो सिलौटामा पिसेर टिका लगाउनु र सानो टुक्रा साथमा लगन्नाले जगत मोहनी गर्दछ ।
५. नोकरीको तलासमा हुनेहरूले कालो हलेदोको सानो टुक्रा पर्समा हालेर जानु नोकरी पक्का हुनेछ । तपाईदेखि साहु मख्ख पर्नेछ ।
Like & Follow us on Facebook
यो पनि पढ्नुहोस्
डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।