हेल्थ टिप्स

पेटको बोसो घटाउने घरेलु सरल उपायहरु

मानिसलाई नमोटाउन्जेल मोटाउने रहर हुन्छ र दुब्लाएको पिरलो । तर जब मान्छे मोटाउन थाल्छ तब फुक्दै गएको भुँडी विस्तारै घाँडो बन्दै जान्छ । वास्तवमा बोसो थुपि्रँदै जाँदा पेट बढ्न थाल्छ । बोसोयुक्त लम्बोदर भुँडी अस्वस्थ जिवनशैली तथा गलत खानपान व्यवहारबाट सिर्जित खराब उपहार हो ।

बोसो जमेको ठूलो भुँडीले केवल तपाइँको छविमा आँच पूराउने मात्र हैन विभिन्न खाले स्वास्थ्य समस्याकेा जोखिम समेत बढाउँछ । त्यसैले पेटमा जमेको बोसो तथा बढेको भुँडी घटाउन तर्फ लाग्नैपर्छ । यसका लागि खानै नखाने वा खाएपछि वान्ता गर्ने जस्ता हानिकारक विधि अनुपयुक्त हुन्छन् ।

भुँडी घटाउने सरल घरेलु उपायहरु

१. आफ्नो दैनिकी कागतीको रसबाट सुरु गर्नुहोस्

मनतातो पानीमा कागती निचोरेर रस राख्नुहोस् र केही नुन समेत थप्नुहोस् । यसरी बनाइएको कागती पानीलाई हरेक विहान पिउने गर्नुहोस् । यसले पेटको बोसो घटाउने मात्र होइन पाचन क्रिया पनि नियमित गर्छ ।

२. बढि भात खाने बानी त्याग्नुहोस्

भातको सातो गहुँको पिठोबाट बनेका रोटी तथा अन्य परिकार, मकैको च्याँख्लाको भात, ब्राउन राइस खाने गर्नुहोस् ।

३. चिनिजन्य परिकार त्याग्नुहोस्

चिनिजन्य परिकार जस्तै मिठाइ, चिनियुक्त गुलियो डि्रंक्स, तथा तेल बढि मात्रामा भएको परिकार नखानुस् ।

४. प्रशस्त मात्रामा पानी पिउनुहोस्

एकैचोटी धेरै पानी पिने र लामो समय पानी नपिउने नगरि नियमित रुपमा केही समयको अन्तरालमा पानी पिउने गर्नुपर्छ । यसले उपापचयनलाई सन्तुलित गराउने तथा सरीरमा रहेका विषाक्त पदार्थ समेत उत्सर्जन गर्नमा सहयोग पूराउँछ ।

५. काँचो लसुन खानुहोस्

हरेक विहान २-३ केश्रा काँचो लसुन चपाउनुहोस् र त्यसपछि कागती पानी खानुहोस् । मासुजन्य तथा बोसोयुक्त परिकारको सेवन अत्यन्तै कम गर्नुहोस् ।

६. शाहाकारी जीवनशैली अपनाउनुहोस्

हरेक विहान तथा बेलुकी फलफूल खाने गर्नुहोस् । यसले भोक कम गर्ने मात्र नभै सरीरमा आवश्यक एन्टीअक्सिडेन्ट, भिटामिन तथा लवणको आपूर्ति गर्दछ ।

७. उचित मसला प्रयोग गर्नुहोस्

तरकारीमा अदुवा, लसुन, मरिच तथा दालचिनी जस्ता मसला राखेर पकाउनुहोस् । यसले इन्सुलिन प्रतिरोधी क्षमतामा सुधार गर्नुका साथै रगतमा रहेको सुगर लेभल समेत सन्तुलन गर्दछ । (एजेन्सीको सहयोगमा)

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

रिस नियन्त्रण गर्ने उपायहरु

मोटोपना कम गराउने उपायहरु

के तपाई धेरै दुब्लो हुनुहुन्छ, यस्ता छन् तौल बढाउने उपायहरु

छाला सम्बन्धित रोगवाट बच्ने उपायहरु

मानसिक तनावबाट मुक्त रहने उपायहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply