आयुर्वेद

स्वास्थ्यको लागि पिस्ता खानुका फाइदाहरू

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

पिस्ता सवैभन्दा मलाई मनपर्ने फ्रुट अन्तर्गत पर्दछ । पिस्ता १०० ग्राममा १९.३ ग्राम प्रोटिन, १४ मिलिग्राम आइरन र १४० मिलिग्राम क्याल्सियम हुने गर्छ । पिस्तामा मासुले प्रदान गर्ने शक्ति प्रदान गर्नुका साथै हरियो सागसब्जीमा जस्तै पिस्तामा पनि प्रशस्त प्रोटिनको मात्रा पाइने हुँदा यसलाई माछा मासुको सट्टामा पनि प्रयोग गर्न सकिन्छ ।

यसको नियमित सेवनले शाकाहारी तथा मासाहारी दुबै थरीका मानिसहरुलाई फाइदा पुर्याउने गरेको हुन्छ । पिस्ताको स्वास्थ्य फाइदाहरू एक स्वस्थ हृदय, वजन व्यवस्थापन, मधुमेह र उच्च रक्तचापमा समेत यसले राम्रो फाइदा दिने गरेको छ । पिस्तामा पाइने भिटामिन, खनिज, वसा र प्रोटीन स्वास्थ्यको लागि सबै राम्रो छन् ।

यसको नियमित सेवनले शरीरमा कार्बोहाइड्रेटको मात्रालाई नियन्त्रित राखेर रगतमा भएको चिनीको स्तरलाई घटाउने गर्छ । पिस्तामा उपलब्ध भएको फेनोलीक भन्ने तत्वले शरीरमा विषादी नाशकको काम गर्छ । विषादीनाशक गुणले शरीरमा तनाव उत्पन्न हुन दिदैन जसका कारण क्यान्सर तथा मुटु रोगले हामीलाई छुन पनि सक्दैन । दिनहुँ पिस्ता खानाले फोक्सो र क्यान्सर हुने सम्भावना न्यून रहन्छ ।

पिस्ताले शरीरमा ब्लड लिपिडको स्तरलाई समेत सन्तुलितमा राख्छ । पिस्तामा पाइने आइरनले स्वास प्रक्रियालाई सक्रिय गरेर शरीरमा ऊर्जा दिनुका साथै रक्तकोषिका निर्माणमा समेत मद्दत पुर्याउछ । नियमित रुपमा पिस्ता खानाले कोलेस्टेरोल, उक्त रक्तचाप तथा विभिन्न मुटु सम्बन्धि समस्याबाट हामीलाई टाढा राख्ने गर्छ । यसको सेवनले मुटुको धड्कनलाई नियमित बनाउनुका साथै आँखाको ज्योतिलाई बलियो बनाउन् समेत सहयोग गर्छ ।

यसको सेवनले छालालाई घामको युभी किरणले गरेको ड्यामेजबाट सुरक्षा प्रदान गर्नुका साथै छालाको क्यान्सर तथा उमेरअघि नै देखिने चाउरीपन जस्ता समस्याबाट राहत दिन्छ । यसको नियमित सेवनले हाम्रो मस्तिष्क तेज हुनुका साथै रोग प्रतिरोधात्मक क्षमताको विकास हुन्छ । स्वास्थ्य राम्रो होस् भन्ने चाहना भएमा पिस्ता खाने गर्नुहोस् ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

स्वास्थ्यको लागि माछा खानुका फाइदाहरु

मानव स्वास्थ्यको लागि सोयाबीन खानुका फाइदाहरु

मानव स्वास्थ्यको लागि प्याज खानुका फाइदाहरु

स्वास्थ्यको लागि हरियो धनियाका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!