स्वास्थ्य

के हो डायलासिस ? यो किन गरिन्छ

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

डायलासिस गर्नुपूर्व मृगौला मानिसको महत्वपूर्ण अंगहरुमध्ये एक हो । यसले मानिसको शरीर सञ्चालनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यसले शरीरमा रगत सफा गर्नेदेखि, हार्मोन बनाउने, खनिज सोक्ने, मुत्र उत्पादन गर्ने, टक्सिन अर्थात खराव पदार्थहरुलाई शरीरबाट निकाल्ने तथा एसिडको सन्तुलन बनाउने जस्ता काम गर्छ ।

मृगौलामा असन्तुलन आएमा मानव शरीरलाई खतरा हुनसक्छ, त्यसकारण यसको संरक्षण गर्न स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । मानिसको आफ्नै क्रियाकलाप मृगौलाको लागि खतरा भएका तथ्यहरु भेटिएका छन् । मानिसको शरीरमा हुने अति महत्वपूर्ण अंग मृगौलालाई मानिसका यी क्रियाकलापले असर गर्छ । यसबाट बेलैमा जोगिए मानव जीवन सार्थक रहन सक्छ ।

मिर्गौलाले काम गर्न छोडेपछि डायलासिस गरिन्छ । मिर्गौलाले गर्ने काम कृतिम तरिकाबाट मेसिनले गर्ने काम भनेको नै डायलासिस हो । मिर्गौलाले नियमित रुपमा गर्नुपर्ने यो काम जब गर्न सक्दैन त्यसपछि मेसिनको सहारा लिइन्छ अर्थात डायलासिस गराउन आवस्यक हुन्छ आज नेपालमा यस्ता रोगी दिन प्रतिदिन बढी रहेका छन् ।

जव मिर्गौला अन्तिम समयसम्म अर्थात ५ देखी १० प्रतिशत मात्रै काम गर्ने अवस्थामा पुग्छ भने त्यतिवेला डायलासिस गर्नुपर्छ । मानवअंग प्रत्यारोपण मिर्गौलारोग विशेषज्ञको भनाईमा डायलासिस भनेको शरीरमा भएको तरल पदार्थमा रहेका कणहरूलाई छान्ने प्रक्रिया हो ।डायलासिस दुई प्रकारको हुन्छ । १. पेरिटोनियल डायालाइसिस २. हेमोडायालाइसिस ।

१. पेरिटोनियल डायालाइसिस

पेरिटोनियल डायलाइसिससमा आफ्नै पेटको भित्री सतहको सहायतामा रगतलाई डायलाइसेट नामक तरल पदार्थको माध्यमबाट शुद्ध पारिन्छ ।

२. हेमोडायालाइसिस

यसमा रगतलाई नलीको माध्यमबाट कृत्रिम मिर्गौला मेसिनमा पठाइन्छ र शुद्धीकरण गरेर पुनः नलीका माध्यमबाट शरीरमै फिर्ता गरिन्छ ।

डायलासिसको आवश्यकता

शरीरमा S.Creatinine बढदै गएपछि त्यो मान्छेको दैनिक जीवनमा बाधा देखिन थाल्छ । राती सुत्न सक्दैन । रगतमा जम्मा भएका फोहर पदार्थ फाल्न सक्दैन भने त्यतिवेला डायलासिसको जरूरी पर्छ । मिर्गौंलामा फोहोर जमेपछि रक्तचाप असन्तुलन हुन्छ । मिर्गौलाको कार्यक्षमतामा ह्रास आउँदा बिरामीलाई अत्यधिक रिंगटा लाग्ने, बान्ता हुने, सुन्निने लगायतका लक्षणहरु देखिन्छन् ।

मिर्गौला खराब हुने प्रमुख कारणहरु

मिर्गौलामा रोग लाग्ने कारक विभिन्न हुन सक्छन् । अत्यधिक पेनकिलरको प्रयोगले गर्दा पनि मिर्गौलाको रोग लाग्न सक्छ । अत्यधिक रक्तश्राव, हेपाटाइटिस् आदिका कारणले पनि यो रोग हुन्छ । समयमा उपचार गरेमा यो रोग निको हुन्छ । क्रोनिक किड्नी डिजिज मधुमेह, उच्च रक्तचाप, पेनकिलर र एन्टिबायोटिक औषधिको अत्यधिक सेवन गर्नाले यो रोग लाग्न सक्छ ।

अर्को प्रमुख कारण भनेको पानी कम पिउने लागुऔषध र जाँड रक्सी बढी सेवन गर्ने खाना समयमा नखाने व्यायाम नगर्ने मानिसलाई यो रोग लाग्ने खतरा बढिरहेको पाइएको छ । समए समएमा डाक्टरको परामर्शमा मिर्गौला कस्तो छ भन्ने परिक्षण गराइएको खण्डमा भविष्यमा मिर्गौला खराब हुनबाट रोक्न सकिनेछ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

मृगौला खराब गर्ने आनी-बानीहरू

मृगौला रोग र पत्थरी फाल्ने अचूक औषधी

मृगौलाको पथरी हुँदा खान नहुने खानेकुराहरू

पित्त वा किड्नीको पथरी फाल्ने जडिबुटी

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!