अन्तर्राष्ट्रिय समाचार

गुगल, फेसबुक सफ्टवेयर कम्पनी ट्रम्पविरुद्ध अदालतमा

एजेन्सी,  बुधवार, माघ २६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशविरुद्ध आइतबार चर्चित एक सय कम्पनीले अदालतमा उजुरी गरेका छन् । ट्रम्प प्रशासनले मुस्लिम बहुल ७ देशका आप्रवासी र शरणार्थीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको थियो।

सूचना प्रविधिका क्षेत्रमा प्रतिष्ठित कम्पनी माइक्रोसफ्ट, एप्पल, गुगलसमेत सिलिकन भ्यालीका १०० कम्पनीले यस्तो मुद्दा दर्ता गरेका हुन्। अमेरिकी संविधानको उल्लंघन गरेको उनीहरूको आरोप छ।

अमेरिका प्रवेशमा परिवर्तन गरिएको नियमले अमेरिकी कम्पनीलाई निकै नोक्सान भएको उनीहरूको जिकिर छ । ट्विटर, नेटफ्लिक्स, फेसबुक, इवे, इन्टेल र उबर कम्पनी पनि उक्त पुनरावेदनमा सहभागी भएका छन्।

कम्‍पनीले भनेका छन्, ‘अमेरिकाबाट प्रवासीलाई हटाएमा कारोबार मात्रै होइन धेरै व्यापार व्यावसायमा नै नोक्सान हुन्छ। जसले आफ्नो देशको सबै चीज त्यागेर अमेरिका आउने गर्छ तर सोही मानिसलाई रोक्‍नु राष्ट्रपतिको अमानवीय व्यवहार हो।’

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply