युवाको चाहना
हृदयमा माटोको वास्ना पनि मगमग आयो !
म मेरो देशभन्दा धेरै टाढा छु; तर पनि मेरो देशको सुवास; यो मनमा यसै-यसै मगमग छायो !!१
उपाय केहि नै नहुँदा मसड्ग मेरो जन्मभूमिमा; यो पराइको भूमिमा र माटोमा श्रम पोखी;
सन्तान पाल्ने रहर खै किन किन बाध्यताले यसै भूमिमा पो पलायो !!२
तर छाती छिया छिया छ जननी, जन्मदाता;
सन्तान र देशको मायाँ, सम्झना र पिडाले !!३
जव राष्ट्र साँच्चै राम्रो बन्ला !
हामी युवालाई पनि सहज रोजगारी मिल्ला !!
गरिखानका लागि कहिँ कतै कहिँ नजाने या जानै नपर्ने वातावरण वन्ला
तव वाचा वन्धन जननीलाई म गरौँला तिम्रै सेवा गरि बस्दछु भनि !!४
म वनाउन पाऊँ श्रमले यो मेरो देश सुन्दर !
पहिरन सँधै होस मेरो नेपाली भेष !!
गरिखाने बाटाहरु धेरै नै आई रहुन !
नियम कानुनपनि पक्का यहाँ देशमा बनुन् !!५
वैदेसिक रोजगारमा कहिल्यै यसरी रुँदै भक्कानिदैँ जानु नपरोस् !
पराइको भूमि श्रमका खातिर धाउन नपरोस् !!६
बरु आफ्नो ज्ञान पोखी यो जगत पनि म घुमेर आऊँ !
स्वाभिमान नेपालीको म सगरमाथाको शिखरमा पुर्साऊँ !!७
मलाई मेरो जीवनके हरेक पल बाँच्न यहाँ रहर छ !
देशको मायाँ यो मुटुमा भक्कानो परेको मेरो छाती भरी छ !!
तर यो देशमा कुनै कानुन नै छैन !
पार्टिमा नलागि केहि धर पनि छैन; घर पनि हुँदैन !!८
मलाई र हामी जस्ताकालागि पनि ईश्वर; मेरो देश बनाई देऊ !
देशमा बस्ने बाता वरण तिमी नै मिलाई देऊ !!
ज्ञान सिप यो देशमा पोख्ने अनि
रमाई रमाई हाँसी हाँसी आफ्नै देशमा बस्ने !!९
जन्म दाता एक्लै एक्लै नरोउन् यसरी !
सुनेर भाइवर र म्यासेन्जरमा त्यो मुहार हेरेर यसरी !!
मायालुलाई छाडी कोहि पिन कतै नजाउन् !!
पराईको मुलुकमा ज्ञान श्रम बेचेर देशको शान पनि नविगारुन् !!१०
* शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन । उहाँले साहित्यको माध्यमवाट देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको विषयमा निरन्तर कलम चलाउदै आउनु भएको छ ।