साहित्य-कला

अक्सर

अक्सर सपनाहरु तुहुन्छ्न् यहाँ,

र भरि आँखाहरु नै चुहुन्छ्न् यहाँ,

 

मुस्कुराउँने गुलाबहरु नै फूलाऊ,

एकदिन ओइलिएर कुहुन्छ्न् यहाँ ।।

 

जब विश्वास टुट्दै भत्किन्छ आस्था,

तब पाउ बाँधेर निरन्तर दुहुन्छ्न् यहाँ ।।

 

झुक्दैनन् बिना फलका कुनै हाँगाहरु,

मात्र फलेका बृक्षहरु नै नुहुन्छ्न् यहाँ  ।।

 

*कृष्ण प्रसाईं लेखक, साहित्यकार हुनुहुन्छ  ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply