साहित्य-कला

गजल – थिएन

चित्रपटको तस्वीर थिएन,

यसरी रंङ्गिने तक्दीर थिएन ।।

 

पुजें पत्थरहरु दोबाटोमा,

जहाँ मनको मन्दिर थिएन ।।

 

कति पर्खाल लडे जहाँ,

जेल थियो जंजीर थिएन ।।

 

तैरिएं नौका हल्लिए पनि,

त्रासदीको नजीर थिएन ।।

 

ठिहीमा खसें कयौ पटक,

खोजें भेटिन शरीर थिएन ।।

*कृष्ण प्रसाईं लेखक तथा साहित्यकार हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply