व्रत बस्नुको वैज्ञानिक कारण
व्रत बस्नुको धार्मिक, सामाजिक हिसाबले मात्र नभई वैज्ञानिक हिसाबले पनि ठुलो महत्व रहेको छ । व्रतको आफ्नै विशिष्ट आत्मिक, शारीरिक र वैज्ञानिक महत्व छ । व्रत बस्नु भनेको खाना नखाई वा भोकै बस्नु भन्ने होइन । व्रत बस्नु विधिपूर्वक गरिने त्यस्तो क्रिया हो, जसले शरीर र मनलाई एकसाथ विश्राम दिन्छ । हामी हरेक दिन, हरेक घण्टामा केही न केही खाइरहेका हुन्छौं । यसले गर्दा हाम्रा भित्री अंगहरू चलायमान हुन्छन् । खाएको कुरा पाचन प्रणाली हुँदै विकारयुक्त कुरा शरीर बाहिर निस्कन्छ र पोषण तत्व हाम्रा कोशिकाहरूमा पुग्छ ।
स्वास्थ्य विज्ञानले स्विकारेको छ, व्रत बस्नु स्वास्थ्यका लागि एकदमै उपयोगी हो । किन ? किनभने, यसले हाम्रो पाचन यन्त्रलाई विश्राम मिल्छ, जो वर्षौदेखि चलायमान छ । त्यस्तै शरीरको विषाक्त पदार्थ बाहिर निस्कन्छ । व्रतले शरीरलाई मात्र लाभ मिल्ने होइन, मनलाई पनि यसले शान्त तुल्याउँछ । यद्यपि, त्यो व्रत एकदमै समर्पण भावले, विधिपूर्वक र प्रसन्नचित्तले गरेको हुनुपर्छ । यस किसिमको व्रतले हाम्रो शरीर र मस्तिष्कलाई बेग्लै ताजगी दिन्छ । बेग्लै ऊर्जा दिन्छ ।
हरेक ४० देखि ४८ दिनमा मानव शरीर मन्डल नामक एक चक्रबाट गुज्रन्छ । यही चक्रमा यस्तो खास तीन दिन आउँछ, जुनबेला शरीरलाई भोजनको आवश्यक्ता पर्दैन । यदी हामीले यस दिनको पहिचान गर्न सक्यौ भने खानपिनको जरुरत हुँदैन किनभने यतिबेला शरीरले भोजन माग गरेकै हुँदैन । यो जैविक पद्धतीबाट हाम्रो थुप्रै स्वास्थ्य समस्या स्वत हल वा समाधान हुन्छ ।
यदी हामीले ध्यान दिने हो भने ४८ दिनमा तीन वटा एकादशी आउँछ । एकादशीको दिन उपवास बस्नुपर्छ भनेर तोकिएको हो । एकादशी एक यस्तो तिथि हो, जतिबेला पृथ्वी स्वयम् एक खास दशामा हुन्छ । यस दिन हामीले आफ्नो शरीरलाई हल्का राख्नुपर्छ । शरीरलाई शुद्ध र जागरुक अवस्थामा राख्नुपर्छ । त्यसैले उपवासको नियम राखिएको हो ।
यो पनि पढ्नुहोस्
साउन महिनामा काँचका हरियो चुरा लगाउने वैज्ञानिक कारण के ?
मंगलसुत्र लगाउनाको वैज्ञानिक कारण के ?
सिन्दुर लगाउनुको वैज्ञानिक कारण के ?
खुट्टामा औठी लगाउनुको वैज्ञानिक कारण के ?