समाचार

नास्ट र डिन बीच ईन्जिनियरिङ्ग ज्ञान तथा प्रविधिको विकासका लागि दुई पक्षीय सम्झौता

मंसीर १, काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट र डिप्लोमा ईन्जिनियर्स एशोसिएसन नेपाल डिन बीच ईन्जिनियरिङ्ग ज्ञान तथा प्रविधिको विकासका लागि दुई पक्षीय सम्झौता भएको छ । उक्त सम्झौतामा नास्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठ र डिनका अध्यक्ष कामेश्वर प्रसाद सिंहले हस्ताक्षर गरेका छन् ।

अनुसन्धानमा आधारित ईन्जिनियरिङ्ग ज्ञान तथा प्रविधिको साझेदारीका लागि संयुक्त रुपमा कार्यशाला, गोष्ठी, सम्मेलन गर्न नास्ट र डिन विच सम्झौता भएको नास्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले जानकारी दिए । दुई पक्षिय सम्झौता नेपालका डिप्लोमा ईन्जिनियरहरुको क्षमता विकास गर्न, ईन्जिनियरिङ्ग संरचना तथा वातावरण व्यवस्थापनका लागि रणनीति, निर्देशिका तथा आचार संहिता निर्माणका लागि निकै फलदायी हुने डिनले अपेक्षा गरेको छ ।

सम्झौता विभिन्न रणनीतिमा केन्द्रीत रहेर गरीएको थियो । उक्त सम्झौतालाई कार्यान्वयन गर्न डिनले आगामी दिनमा महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष कामेश्वर प्रसाद सिंहले बताए । सस्तो, सुलभ वैज्ञानिक प्रविधिको विकास गरौं भन्ने मुल नाराकासाथ अघि बढेको डिनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टसँग गरेको सम्झौता अगामी ५ वर्ष सम्मको लागि कायम रहने उल्लेख छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!