साहित्य-कला

कर्णालीका मनपनि मन नै हुन र ?

कर्णालीका मनपनि मन नै हुन र ?

Shobha Kafle Khatiwada
शोभा खतिवडा काफ्ले

 

 

 

 

 

 

 

 

 

 

 

कतै झलमलै छ यहाँ आकासमा तारा झैँ घरमा दिप !:

कतै मखमलै छ यहाँ हरेक ओछ्यानका मलमल बिच !!

कतै केहि छैन खाली छ केवल अँध्यारो हरेक घर घरमा !

कतै मनका रहरै भोका छन भोकाएका ति पेटका भरमा !!१!!

 

कतै कर्णालीमा आँशु ति पेटको भोकले झर्छन हर पल नै !

कतै लेकमा त्यो नाड्गो शरिर काम्दछ है थरथर मन रुँदै !!

कतै खेतमा धानका बाला झुल्छन लहलह मन नै हँसाउँदै !

कतै कोदो, फापर, जौ मात्र पाक्दछन छ महिना पो रुँदै !!२!!

 

कतै मनका हरेक महल भित्र छन दनदनी बलेका मनका धन !

कतै दैनिक ज्यालादारी भोक मेटाउन कुद्छन रण झैँ बन बन !!

कतै शहरका सात तारेमा पाँचतारे भोजन पनि छ नमिठो पन !

कतै निर्मम छन लाला बाला नाड्गा आँड्ग र भोको तन मन् !!३!!

 

कतै सत्ताको लिप्सा मात्र छ कतै देखिन्छ जीवन लौ बलिदान दिन्

कतै मात्रा छ स्वार्थको भाँडो कतै छन यो देशमा ऋषि झैँ सन्त मन

कतै शहर सफा छन् झलमल टन्नै गाडी गुड्दछन चिल्ला र सफा

कतै भिरमा एक जीवन हिँड्छ रोषिमा हेर्दै गन्दछ जीवनको क्रम!!

 

यस्तो फरक र पिडाको जीवन बाँचेर पनि त हासेको छ यो जीवन !

हरेक सुबिधा भोग्दछ त्यो मधेश अनि चाहन्छ देश टुक्राई पो लिन !!

सिड्गो नेपाल टुक्रा पार्ने कस्तो पो आयो अबिवेकी मनमा त्यो पन!

पूर्खाले ज्यान फालेर जोगाएको यो देशको शिर हो स्वाभिमानी पन !!

 

शोभा खतिवडा काफ्ले साहित्यकार, सामाजिक अभियन्ता तथा  श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply