यसो त नभै अव हुन्न रे देश छाडी जान हुन्न रे
न चुड्नु रे कहिले यो देशलाई;
यी जन्म भूमि धरधर रुन्छिन रे !
नछोड्नु रे यी जन्म दातालाई;
धरा नै पो त भक्कानिन्छिन रे ! १
नछाडी जाऊ अरे प्रियतमलाई;
रोएर धरा यो उनी भिजाउछिन रे !
सन्ततिका मायाँका अश्रुले;
यी पृथ्वी जलमग्न हुन्छिन अरे !
जननी धर धरी रुन्छिन अरे !!२
देशको हरेक सिमा जोगाउने;
युवाहरु जति विदेसिँदा !
हिमालमा बसेर नदिसड्गै;
नेपाल आमा धुरु धुरु रुन्छिन रे !३
पलायन नहुन है यहाँबाट;
कुनै पनि एक जना नेपाली;
यसरी सन्तानले छोडी जाँदा
देश नै टुहुरी पो हुन्छिन रे !!
सन्तानको मायाँले नेपाल आमा
हिमालमा बसेर रुन्छिन् रे !!४
हिमाल,पाहाड र मधेसमा
हामी दाजुभाइको घर छ रे;
यी दाजु भाइ एक नभै;
यो देश नै सुन्दर पो हुन्न रे !!५
युवा नै यो देशको शान हो;
हिमाल हाम्रो प्राण हो रे !
अग्रजको मान र सम्मान नगरी;
देशको नि सम्मान रहन्न रे !!६
युवाले देश यो नहाँके;
देश आइ.टि.मा प्रवेश पनि हुन्न रे !
अवाल, बृद्द वनिता नमिले;
देशका शान, मान, शोभा हुन रे !! ७
विज्ञान र विकासको मेल नभए मुलुक; संसारमा पछाडी पर्दछ रे !
शिक्षा र बाटो,धाटो पुल,पुलेसा देशका आधार र प्राण नै हुन रे !!८
देशको विकास नभए जगतमा सगरमाथाको शिर झुक्दछ रे !
नेपाली वीरको त्यो स्वाभिमान यसै नै तल तल पर्दछ रे !!९
हिमाल; पाहाड र तराई हाम्रो शिर,शरिर अनिपाउ पो हो रे !!
शिर; शरिर र यो पाऊ नभए हामी अपाड्ग नेपाली हुन्छौँ पो रे !!१०
एकता सद्दभाव नभए मुलुकमा पराइले नजर लाउँछन् रे !
यो देशमा अरुको हैकम चलेमा हाम्रो स्वाभिमान कतै हराउँछ रे !!११
शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन । उहाँले साहित्यको माध्यमवाट देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको विषयमा निरन्तर कलम चलाउदै आउनु भएको छ ।