चिकित्सा विज्ञानस्वास्थ्य

सुपर सि भि ६२५ Amoxicillin and Clavulanate Potassium Tablets को प्रयोग

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा

आजकाल एमक्सोसिलिन औषधि सवैभन्दा बढी प्रयोग भएको देखिन्छ । यसको उपयोग विशेष गरेर स्वास मार्गको सक्रमण, कानको सक्रमण, छालाको सक्रमण, साइनसको, पिसाब सम्बन्धी र टांन्सिलाइटिसको सक्रमण, निमोनिया, ब्रोंकाइटिस र गोनोरिया जस्ता रोगमा यो औषधिको प्रयोगले राम्रो फाइदा गर्दछ ।

आजकाल यो औषधिसंग अन्य एण्टिवायोटिक मिलाएर प्रयोग गर्ने प्रचलन दिन प्रतिदिन बढ्दै गएको छ । यो औषधि सेवन गर्दा प्राय: पखला लाग्ने, पेट दुख्ने, टाउको दुख्ने शरीर चिलाउने जस्ता लक्षण देखिन सक्छ । सबैभन्दा बढी प्रयोग हुने यो औषधि खाना खाइसकेपछि दिनाले राम्रो फाइदा गर्दछ ।

Like & Follow us on Facebook

यस्ता औषधि सेवन गर्दा पखला लाग्ने हुनाले मेट्रोनाइडाजोलसंग दिने गरेको पाइन्छ । बढ्दो जनसंख्याको आधार र बढ्दो रोगलाई नियन्त्रण गर्न यस्ता औषधि प्राय बढी प्रयोग गर्ने गरेको पाइन्छ । औषधि सेवन गराउदा चिकित्सकको रेखदेखमा औषधि चलाउने बानी बसाल्नु ठिक हुनेछ ।

औषधि कसरी प्रयोग गर्ने भन्नेमा मत भेद यस्तो देखिएको छ । यो औषधि कतिपय डाक्टरहरूले दिनमा ३ पटक दिने गरेको पाइन्छ । तर यो औषधि दिनमा २ पटक दिदा राम्रो फाइदा हुने कुरा हाम्रो ठहर छ ।

मात्रा : १ गोली दिनमा २ पटक मनतातो पानीसित खान दिने ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्  

एन्टीकोल्ड ट्याब्लेट (Anti-Cold Tablet) साइनेक्स (Sinex) र यसको प्रयोग

क्यालसियम डोविसिलेट (डोबिक्याल) Calcium Dobesilate (Dobical) र यसको प्रयोग

औषधि Azithromycin (Anther) को प्रयोगवारे एक जानकारी

पारासिटामोल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!