समाजवादी जनता पार्टीको चुनावी प्रचार-प्रसार तीब्र
काठमाडौं, २८ वैशाख । विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टीले आफ्नो चुनावी प्रचार–प्रसारलाई तीब्रता दिएको छ ।
सो पार्टीले काठमाडौं महानगरपालिका वडा नम्बर २२ बाट महिला सदस्य पदमा नलिनीदेवी सिंहलाई उम्मेदवार बनाएको छ । महिला सदस्य उम्मेदवार सिंहले २२ नम्वर वडामा घरदैलो कार्यक्रम गरेर आफ्नो पक्षमा मतदान गर्न अपील गर्नु भएको छ । समाजवादी जनता पार्टीको चुनाव चिन्ह अर्धाकार चन्द्रमा हो ।
समाजवादी जनता पार्टीको स्थानीय तह निर्वाचनको मूल प्रतिबद्धताको यस्तो छ :
- स्मार्ट भिलेज, स्मार्ट सिटी –प्रत्येक घर नारायणहिटी ।।
- अब देशको निकास । अनुसन्धान र विकास ।।
- विज्ञान, प्रविधि र आविष्कार ।।
विकास, समृद्धि र सुशासनको आधार ।।
- विद्यालयमा विज्ञान प्रयोगशाला, गाउँ–गाउँमा सूचना केन्द्र ।।
ठाउँ–ठाउँमा विज्ञान पार्क, विद्यालयमा डिजिटल कक्ष ।।
विज्ञान र प्रविधिको विकास – हाम्रो लक्ष्य ।।
- सबैका लागि पानी, सरसफाइको बानी ।
सबै मिलि पूरा गरौं आ–आफनो कर्तव्य ठानी ।।
स्वस्थ र सभ्य समाज– हाम्रो अभिभारा ।।
एक घर, एक शौचालय– एक घर, एक धारा ।।