स्वास्थ्य

मांशाहार र मौषम परिवर्तनको सम्वन्ध

मांशाहार र मौषम परिवर्तनको सम्वन्ध । पछिल्लो सय वर्षदेखि पृथ्वीको निकटस्थ सतहको औषत तापक्रममा भइरहेको वृद्धिको कारण दिनानुदिन मौषम परिवर्तन भइरहेको छ । यसरी पृथ्वीको तापक्रम बढ्नुलाई ग्लोवल वार्मिड्ड भनिन्छ । ग्लोवल वार्मिड्ड गराउन धेरै कारणहरु जिम्मेवार छन् जसमध्येको प्रमुख कारण मानवीय जीवन शैलीका कारणले उत्सर्जित हरित गृह ग्यासहरु हुने । यी ग्यासहरुमा पानीको वाफ (H2O), कार्वनडाएअक्साइड (CO2), मिथेन (CH4), नाइट्रस अक्साइड (NO2) र ओजन(O3) आदि पर्दछन् । विशिष्ट उष्मा धारीता भएका यी ग्रीनहाउस ग्यासहरुको उत्सर्जनमा मासु तथा दुधका लागि पालिएका पशुपंक्षीहरुले प्रत्यक्ष एवम् पारोक्ष रुपमा सहयोग पु~याईरहेका हुन्छन् ।

मांश तथा दुधका लागि गरिने व्यवसायिक पशुपालनका कारणले प्रत्यक्ष एवम् परोक्ष रुपमा हरित गृह ग्यासको उत्सर्जन गर्दछ । संसार भर प्रत्येक वर्ष ७.१ अरव टन कार्वन डाई अक्साईड बराबरको हरित गृह ग्यासको उत्पादन जनावरहरुबाट हुने गर्दछ । यो आंकड़ा मानव जनित हरित गृह ग्यास उत्पादनको १४.५% हो । जनावरहरुले मुख्य रुपमा उत्सर्जन गर्ने मिथेन र नाइट्रेस अक्साइड ग्यास कार्वन डाई अक्साइड भन्दा क्रमश २३ र २९६ गुणा बढी ग्लोवल वार्मिड्ड गर्न सक्ने क्षमताका छन् । मिथेन ग्यास जनावरले दाना पचाउने र गोवरको व्यवस्थापनका क्रममा निश्किन्छ र संसारभर प्रत्येक वर्ष जनावरहरुबाट उत्सजीत हुने मिथेन (CH4) ग्यासको मात्रा लगभग २.२ अरव टन कार्वन डाई अक्साईड बराबर हुन आउँछ । एउटा वयस्क गोरुले प्रतिवर्ष ७५ किलोग्राम मिथेन ग्यास उत्पादन गर्दछ जुन १.५ टन कार्वन डाई अक्साईड बराबर हो । यो मिथेन उत्सर्जन पाँच जना बस्न सक्ने सानो कार ५८.३२ घण्टा सम्म लगातार दौडाए बराबर हो । त्यसैगरी नाइट्रस अक्साईड ग्यासको प्रत्यक्ष उत्पादन गोवर व्यवस्थापन सँगै सम्बद्ध छ भने अप्रत्यक्ष रुपमा जनावरलाई खुवाउन रोपिएको खाद्यको प्रयोगले र दानादार विरुवाहरुको उत्पादनसँग सम्बद्ध छ । यसरी प्रत्येक वर्ष जनावरहरुबाट उत्सर्जीत हुने नाइट्रस अक्साइड ग्यासको मात्रा पनि २.२ अरव टन कार्वन डाई अक्साईड बराबर हुन आउँछ । त्यसैगरी मासु र दुग्धजन्य पदार्थको उत्पादन भण्डारण र ढुवानीमा खर्च हुने इन्धनको दहनबाट २.७ अरव टन कार्वन डाई अक्साईड ग्यासको उत्पादन हुने गर्दछ ।

शाकाहारी भएरै हामीले पृथ्वीले भोगीरहेको तीन मुख्य समस्याहरु १) मौसम परिवर्तन, २) पानी तान्ने वन विनाश, ३) प्रदुषणहरु माथि विजय पाउन सक्छौं किनकी मांशजन्य उद्योगमा पालिएका पशुधनहरुले उत्सर्जन गर्ने हरित गृह ग्यास संसार भरीकै यातायातका सामग्रीहरुले उत्सर्जन गर्ने भन्दा बढी छ र शाकाहारी भएर इलेक्ट्रिक कार चलाउनु भन्दा ५०% ज्यादा कार्वन उत्सर्जन बचाउने छन् ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस् 

क्यान्सर लाग्न नै नदिने फलफुल र तरकारीहरु

विषाक्त फलफूल र तरकारीलाई विषरहित बनाउने तरिका

कागती पानी पिउनुका फाइदाहारू

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!