खानपान

अचारको रूपमा प्रयोग गरिने धनियाका फाइदाहरू

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

अचारको रूपमा प्रयोग हुने धनिया हरेक घरको भान्सा कोठामा देख्न सकिन्छ । दालदेखि पाकेको तरकारीमा धनिया राख्ने प्रचलन धेरै पहिलेदेखि छ । मलाई धनिया त्यति मन पर्दैन तर पनि खाने गर्छु यसको ठोस कारण हो यसबाट हुने स्वास्थ्य लाभ । धनिया प्रयोग गर्दा हामीले त्यसमा अन्य कणहरू टाँसिएको भए राम्रोसंग सफा गरेर प्रयोग गर्नुपर्छ नत्र नोक्सान गर्न सक्छ ।

हाम्रो भान्सामा हुने धनियामा मैगनीज, आयरन, मैग्न‍िशियमको प्रमुख स्रोत भएकाले मानव स्वास्थ्यमा डाइट्री फाइबर्सको काम समेत धनियाले गरेको पाइन्छ । धनियामा भिटामिन सी, भिटामिन के र प्रोटीन पनि प्रशस्त पाइन्छ । धनियामा कम मात्रामा कैल्शियम, फास्फोरस, पोटैशियम, थायमिन र कैरोटीन पनि पाइन्छ । आज यसका फाइदाबारे तल प्रकाश पार्नेछौं सेयर गरेर सहयोग गर्नुहोला ।

धनियावाट स्वास्थ्यमा हुने फाइदाहरू

१. यसको नियमित प्रयोगले अनावश्यक कोलेस्ट्राललाई हटाएर स्वास्थ्यलाई बचाउने काम गर्दछ ।

२. धनियाले पाचनशक्तिलाई सहयोग गर्ने हुनाले कलेजोलाई राम्रो फाइदा पुर्याउन मद्दत गर्दछ ।

३. सुगरका बिरामीलाई समेत धनिया बहुउपयोगी छ । धनिया नियमित सेवन गर्नेहरूको सुगर लेवल नियन्त्रण गर्न समेत यसले राम्रो भुमिका खेलेको पाइन्छ ।

४. धनियामा पाइने तत्वले फाइटोन्यूट्रिएंट्स रेडिकल डैमेज हुनबाट सुरक्षा प्रदान गर्दछ ।

५. यसमा भएको भिटामिन केले अल्जाइमर जस्ता रोगमा समेत राम्रो फाइदा गर्दछ ।

६. धनियामा Anti-Inflammatory गुण पाइने भएकाले अर्थराइटिसका समस्या भएकाहरूलाई समेत राम्रो फाइदा गर्दछ ।

७. धनियामा एन्टीसेप्ट‍िक गुण हुने भएकाले मुख भित्रको घाउलाई समेत निको बनाउदछ ।

८. छाला सम्बन्धित रोगमा समेत धनिया उपयोगी छ । यसको प्रयोगले पिम्पल्स र ब्लैकहेड्स हटाउन समेत राम्रो फाइदा गर्दछ ।

९. हरियो धनियालाई बिहानै पानीमा उमालेर कपडछान गरी खाली पेट नित्य सेवन गर्नाले पत्थरी झार्ने काम समेत यसले गर्दछ ।

यो पनि पढ्नुहोस्

च्याउका खानुका फाईदाहरु

कुरिलो खानुका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

सिस्नु खानुका फाइदै फाइदाहरु

पालुंगो र यसका फाइदाहरु

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!