रगत परिक्षण किन गर्ने ?
आजकाल हरेकलाई यो प्रश्न सोध्न मन लागेको हुन सक्छ । रगत परिक्षण गर्दा यस्ता अनेकौं रोगको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । सामान्य रोगको उपचारमा पनि थुप्रै रगत परिक्षण किन गर्ने भन्ने कुरा हरेकको मनमा लाग्न सक्छ । ज्वरो आउनु रोग हैन किनकि यो पनि अन्य रोगको लक्षण हुन सक्छ ।
हाम्रो जीवन सारै जोखिम अवस्थामा छ । हामीले खाने हरेक पदार्थ या खानाको कारणले हाम्रो शरीरमा अनेकौं व्यक्टिरिया प्रवेश गर्न सक्छन् त्यस्ता बेक्टिया या भायरस पत्ता लगाउन रगतको परिक्षण गर्नुपर्ने हुन सक्छ । हेर्दैमा रोग पत्ता लाग्ने होइन यसका लागी ल्याब टेष्ट हुन आवश्यक छ ।
आजकल हरेक हस्पिटल होस् या स्वास्थ्य क्लिनिक होस या पोलिक्लिक किन नहोस् रगत परिक्षण गर्ने सुविधा हुन्छ । हामीले कुनै पनि रोगको परिक्षण या रोगको उपचार गराउदा रगतको परिक्षण गरेरमात्र उपचार गराउन सके सानो खर्चबाट उपचार हुन सक्छ । हचुवाको भरमा दिने या गरिने कतिपय उपचारले जोखिम न निम्ताउला भन्न सकिदैन ।
Like & Follow us on Facebook
आज मैले रगत परिक्षणबाट कुन कुन रोग कसरी पत्ता लगाउन र उपचार गर्न सजिलो हुन सक्छ भन्ने बारे प्रकाश पार्ने जमर्को गर्दैछु ।
हीमोग्लोबिन टेस्ट (एच.बी)
रगतमा हीमोग्लोबिनको कमी हुनाले एनीमिया नामक रोग लाग्न सक्छ । हरेक स्वास्थ्य मानिसमा १३ देखि १८ प्रतिशत जति रगत हुनुपर्छ ।
टीएलसी वा टोटल ल्यूकोसाइट काउंट टेस्ट
यस्तो जाँच गर्दा रगतमा सेतो रक्तकणको संख्या पत्ता लगाउन सकिन्छ । यदि श्वेत रक्तकण शरीरमा बढी देखिन्छ भने अब हाम्रो शरीरमा कुनै सक्रामक रोग लागेको हुनसक्छ भन्ने कुराको पत्ता लाग्न सक्छ । ब्लड क्यानसरमा यो जाँच आवश्यक छ ।
डीएलसी वा डिफरेनशियल ल्यूकोसाइट काउंट टेस्ट
शरीरमा विभिन्न प्रकारको श्वेत कणको अनुपात जाँच्न यो परिक्षण गराईन्छ । यो परिक्षणबाट बैक्टीरिया सम्बन्धित रोगको कारण हुनसक्ने एलर्जिको जाँच हुने गर्दछ ।
ईएसआर रक्त परीक्षण
रगतमा कुनै इन्फेक्शन छ कि छैन भन्ने जाँच गर्न ईएसआर रक्त परिक्षण गर्नुपर्दछ । यो जाँचद्वारा गरेको उपचार ठिक छ वा छैन भन्ने कुरा पत्ता लगाउन सकिन्छ ।
बीटी र सीटी परीक्षण
यो परिक्षणद्वारा ब्लड जम्ने समय यकिन गर्न सकिन्छ । यस्तो परिक्षण प्राय अप्रेसन गर्नुभन्दा पुर्ब गर्नुपर्ने हुनसक्छ ।
एब्सोल्यूट इयोसिनाफिल काउंट
यो परिक्षणद्वारा कसैलाई इयोसिनोफीलिया छ की छैन भन्ने यकिन गर्न यो परिक्षण गराउनु पर्दछ । यसको सहयोगले शरीरमा एलर्जी र थुप्रै प्रकारको सक्रमण पत्ता लगाउन सहज हुन्छ ।
ब्लड कल्चर
हाम्रो शरीरमा एन्टीबायोटिक औषधिको प्रभाव कस्तो छ र कस्तो औषधिले हाम्रो शरीरमा काम गर्न सक्दैन भन्ने जानकारी प्राप्त हुन सक्छ । आजकाल यो जाँचबाट कुन औषधि खाने र कुन औषधि नखाने भन्ने कुरा पत्ता लगाउन यो जाँच आवश्यक भइसकेको छ ।
ब्लड शुगर फास्टिंग
यो जाँचद्वारा शरीरमा ग्लुकोजको उपस्थित कति छ भन्ने पत्ता लगाउन सजिलो हुन्छ भने यस्ले मधुमेह भए नभएको जानकारी दिन सक्छ । स्वास्थ्य अवस्थामा फास्टिंग ७० देखि ११५ सम्म र पीपी (खाना खायको पौने २ घण्टामा जाँच गर्दा ८० देखि १४० सम्म नर्मल हुने गरेको हुन्छ ।
ब्लड यूरिया
यो टेस्टको माध्यमबाट मिर्गौलाले ठिक काम गरे नगरेको थाहा हुन्छ । रगतमा युरिया नर्मल १० देखि ५० सम्म हुन्छ ।
सिरम बिलिरूबिन
यो जाँचद्वारा शरीरमा जण्डिस छ वा छैन भन्ने कुराको पत्ता लगाइन्छ । जण्डिस खुनको खराबीका कारणले पनि हुने गर्दछ । मानिसको शरीरमा ०.२ देखि १.० सम्म नर्मल र यो भन्दा बढी रोगको संकेत सम्झनु पर्दछ ।
एन्जाइम टेस्ट
यो जाँचको माध्यमबाट पनि जण्डिस भए नभएको पत्ता लाग्दछ । कलेजोमा रोग लागेको नलागेको थाहा पाउन यो जाँच गर्नुपर्दछ । SGPT, SGOT को मात्रा यो जाँचबाट गरिन्छ । हृदयघातको परिक्षण गर्न यो जाँच महत्वपूर्ण छ ।
एम.पी टेस्ट
यस्तो जाँच मलेरिया छ वा छैन भन्ने एकिन गर्न यो जाँच गराइन्छ । यो जाँच अन्य औषधि सेवन गर्नुभन्दा पहिले गरि सक्नुपर्छ नत्र रगतमा पेरासाइट भए नभएको थाहा नहुन सक्छ वा मलेरियाका जीवाणुको पत्ता नलाग्न सक्छ ।
विडाल टेस्ट
यो जाँचद्वारा टाइफाइड भए नभएको थाहा हुन सक्छ । यो टेस्टको माध्यमबाट टाइफाइड भए नभएको थाहा हुन सक्छ ।
नोट : अन्य जाँचहरू थुप्रै छन् यस्ता जाँचहरू आवश्यकता हेरेर गराउन सकिन्छ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।
यो पनि पढ्नुहोस्
रगतको उल्टी हुनुको कारणहरु, लक्षणहरु र उपचार
मृतकसँग सेक्स गरी रगत पिउँने २८ वर्षीया युवतीको दर्दनाक कथा
पानी होइन आगो र रगत बग्ने संसारका ७ अदभूत झरनाहरु