चिकित्सा विज्ञानस्वास्थ्य

कैल्केरिया फ्लोरिका (Calcarea Fluorica) र यसको प्रयोग

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा

कैल्केरिया फ्लोरिका औषधि चिकित्सा होम्योपैथीकमा आधारित छ । यो उपचार के बच्चा के बुढा सबैलाई दिन सकिन्छ । हाम्रो फार्मेसिमा दैनिक यो सेवा जनताले लिनु भएको छ । यस्ता औषधिबाट चमत्कारीक फाइदा हामीले विगत लामो समयदेखि उठाउदै आएका छौं । यस्ता औषधि कम खर्चमा ठुल्ठूला रोग निको बनाउन पनि सक्षम छ । पाठकको ज्ञान बढाउने उद्धेश्यले आफ्नो अनुभव शेयर गर्दैछु ।

१. यो औषधिबारे लेख्नुपुर्ब म आफ्नो अनुभव यहाँ पेश गर्न चाहन्छु । सवैभन्दा पहिले हामीले एउटा कुरा हमेसा बुझ्न आवश्यक छ । आजभन्दा ३० बर्ष पहिले एकजना महिलाको आँखामा मोतियाबिन्दु (Cataract) भएकाले अप्रेसन गर्न काठमाडौं जानुपर्ने तर आर्थिक कमजोर हुनाले हाम्रो औषधालयमा आउनुभएको थियो । हामीले वहालाई यो कैल्केरिया फ्लोरिका औषधिसंग आँखामा राख्न Cineraria Maritima Eye Drop) ६ महिना जति राख्ने सल्लाह दिएका थियौँ राम्रो भएको थियो ।

यो पनि पढ्नुहोस्  

नीम (Azadirachta Indica) र यसको प्रयोग

बर्वेरिस वुलगेरिस (Berberis Vulgaris ) Mother Tincture र यसको प्रयोग

राबेप्रा (Rabeprazole Sodium 20 MG Capsule) र यसको प्रयोग

उपयोगी औषधि साइलीशिया (Silicea) र यसको प्रयोग

अस्थालीन इनहेलर (Asthalin Inhaler) र यसको प्रयोग

२. यो घटना करीब १ बर्ष पहिलेको हो एकजना भाईको खुट्टामा निलो निलो नसा गुजल्टेको जस्लाई हामी अंग्रेजीमा (Varicose Veins) भन्दछौं । यो रोगमा यो औषधि खाने सल्लाह दिएका थियौँ यो औषधि सेवनपछि उअसको यो समस्या हल भएको थियो । डाक्टरको परामर्श थियो अप्रेसन गर्नुपर्छ तर यो समस्या ‘कैल्केरिया फ्लोरिका’ ले हल गरेको थियो ।

३. यस्ता अनगिन्ती रोगमा यो औषधि चलाउनाले राम्रो फाइदा देखिएको छ । यस्ता औषधि सस्ता र हानीरहित छन् । हाम्रो समाजमा स-साना रोगमा यस्ता औषधि चलाउनाले राम्रो फाइदा हुने देखिन्छ । यो औषधिले (Gumboils ) गीजामा हुने घाउ समेत निको बनाउदछ ।

Like & Follow us on Facebook

४. दिसामा रगत बग्ने वा फिस्चुला,Piles आदि रोगमा पनि यो औषधि उपयोगी छ ।

मात्रा : ४ गोली दिनमा ३,४ पटक र आँखामा राख्न १-१ थोपा दिनमा ४ पटक दिन सकिन्छ ।

(कुनै पनि औषधि चलाउनुपुर्ब होम्योपैथीक डाक्टरको परामर्शमा चलाउने बानी बसाल्नु जरुरी छ)

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!