मेरो शान्त सुन्दर यो धरा देख्दा लाग्छ
आमा म तिम्रा हरेक भावमा बहुँ यसरी; यो धरामा सँधै रम्दै !
पात,पालुवा नवरड्गमा छन जहाँ; वसन्ति यो हवामा झुल्दै !!
कतै धरणी यी हाँसी नै रहेकी मुसुक्क मोहनी रुप र रड्गमा !
कतै लमतन्न छाती भरी आमाको ममताको छायाँ झैँ रुपमा !!१!!
मेरी धरा तिमी छ्यौ यति सुन्दर; तिमी झैँ बन्ने रहर छ मलाई !
तिम्रो गर्भको कुबेरको भण्डारलाई ज्ञानले खोतल्नु छ मलाई !!
यो धराको मान राख्ने कर्म मलाई पनि गर्ने एउटाट भाग्य देऊ !
हामी सन्तानको कर्मदेखि धरा खुशीले मुसुक्क हाँसी देऊ !!२!!
मेरो देशको सिमाको रक्षा म गरौँ हरपल एक सन्तति बनेर !
म काली र कोशीमा बगौँ जलकी नै धनि एक ज्योति बनेर !!
मेरो देशलाई मायाँ गरौँ म सहिदको त्याग बलिदान सम्झेर !
हिजोका पुर्खाको योगदान अनि तिनका स्वाभिमान सम्झेर !!३!!
देश कता छ र जनता कता छन के के गरेर जीवन धान्छन? !
यस्तो चासो कस्ले लिने देश र जनतालाई को होला बुझ्ने? !!
हिमाल,पाहाड,तराईका भेगलाई समान रुपले विकास गरौँ !
नेपालको सिमा अक्षुण राखौँ यो देशको उन्नति मनले गरौँ !!४!!
तिमी शान्त अनि सितल हौ साहित्यकी धरोहर एक फूल !
सद्दभाव तिम्रो कति छ सुन्दर अपूर्व धनझैँ तिमी नै समुल !!
मनमा छैन मेरी धरा तिमीमा दम्भ अनि दुर्भाव रत्तिभर कुनै !
तिमीलाई देख्दा रहर लाग्छ साहित्यको आकास छुनलाई !!५!!
तिमी झैँ सुन्दर र सम्बृद्द हुने रहर यो मनभरी मेरो पलाउँछ !
तिम्रो कोख झैँ धनि हुने रहर पनि मेरो मनलाई नै धेरै नै छ !!
तिमी हिमालबाट बग्दा कलकल बग्ने रहर कति छ मलाई !
तिमी गुराँसको रड्गमा फुल्दा रड्गिने रहर पनि त छ मलाई !!६!!
तिमी बेली अनि चमेली जस्ती सुनाखरीको वास्ना छर्दछ्यौ !
पारिजातझैँ मेरी धरा तिमी स्वर्ग झैँ यो देशकी आमा पो हौ !!
देशको गर्भमा सुन र चाँदी हिराको भण्डार नै तिमी भर्दछ्यौ !
तिम्रा पाखा पर्वत भरी मलाई डाँफे बनेर डुल्ने भाव भर्दछ्यौ !!७!!
तिमी आमा नेपालीकी सन्तान असल मलाई अव बन्नु छ !
असल कर्मठ सन्तानकी आमा भनेर जगतलाई चिनाउनु छ !!
यसरी बढोस देशमा भाइचारा हामी नेपाली जति सारामा !
देशले हरपल नाम लियोस् माटोको हरेक सुन्दर गर्हाहरुमा !!८!!
कसैको नि पिडामा नहाँसौँ हामी पिडा सबैको उस्तै त हो नि !
अरुलाई दुख दिएर नबाँचौ हामी बाँच्ने रहर सबैको एउटै हो !!
भाइचारा र सद्दभावको साहिनो जोड्ने हाम्रो असल मनलाई !
नेपाल र नेपालीका लागि बाँढौ अनि त नेपाल देश हाम्रो हो !!९!!
शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन ।