यस्तो छ दाँतमा किरा लागेको किरा मार्ने अचूक औषधी

दाँतको पिडा कस्तो हुन्छ जसले भोगेको छ उसलाई मात्र थाहा हुन्छ । आज मैले अचम्मको औषधि पाठक सामु पस्कन गइरहेको छु । यो औषधि हजारौ पटक परिक्षण गरिसकेको औषधि अन्तर्गत पर्दछ ।
बास्तबमा दाँतमा किरा लाग्ने होइन तर यसिडले दाँतलाई खाने हो । तर हाम्रो सोचाईमा दाँतमा किरा लागेको हुन सक्छ भन्ने हो । दाँत कमजोर हुनुको प्रमुख कारण भनेको दाँत नमाझ्नुलाई लिएका छौं । जब-जब फोहर बढ्छ तब-तब त्यहाँ भएका अन्नका टुक्रा सड्न गई एसिड पैदा भई राम्रा दाँत समेत सड्न थाल्दछ ।
दाँत मानिसको सवैभन्दा सुन्दरता पैदा गराउने माध्यम पनि हो । दाँतको कारणले गर्दा स्वास गनाउने समस्या धेरै देखिन थालेको छ । पायोरिया दन्तहर्सा जस्ता अनगिन्ती रोग दाँतद्वारा पैदा हुन थाल्दछ । आजकाल बजारमा अनेकौं थरिका दन्त मन्जन आएका छन् तर यी सवै सुरक्षित छन् भन्न गार्हो छ ।
आजको लेखमा दाँतको दुखाई कसरी हटाउन सकिन्छ कस्तो औषधि प्रयोग गर्नाले चाँडो दाँत दुख्न कम हुन सक्छ भन्नेबारे जानकारी दिनुपूर्व जडिबुटी औषधिमा आधारित यो वायवडिंग जडिबुटी बेच्ने पसलमा पाइनेछ ।
यो औषधिलाई मसिनोसंग पिसेर वायवडिंग जडिबुटी कै दाना जत्रा स-साना मलमलको कपडामा राखी पोको पारेर राख्ने र १२५ ग्राम जति पानीमा राखेर पकाउने पाग्दा पाग्दा पोको मात्र बाँकी रहदा मनतातो दाँतको खाल्टोमा यो औषधि राखेर छोड्ने । भोलीपल्ट निकालेर फाल्ने दाँत दुख्न कम हुन्छ ।
हेर्दा यो औषधि सामान्य छ तर समयमा हजौंको बचत गराउन सक्नेछ । मैले थुप्रै रोगीलाई यो औषधि दिएर निको बनाएको छु । दाँते किराको यो भन्दा ठूलो औषधि केहि छैन । हेर्दा सामान्य भएपनि यो औषधि बहुमुल्य छ । सक्दो शेयर गरेर लाभ उठाउन सकिनेछ ।
Like & Follow us on Facebook
यो पनि पढ्नुहोस्
चायाँबाट बच्ने उपाय र यसको घरेलु उपचार
कपाल झर्ने समस्याको घरेलु उपचार
पेट दुख्ने समस्या र यसको घरेलु उपचार
श्वास गन्हाउने समस्या र यसको घरेलु उपचार
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।
