फूल्न लागेको आँप जुन एकपटक हातमा दल्दा पार्छ रोग निको
सुन्दा अचम्म लाग्ने जडिबुटी जसको प्रयोगले एक बर्षसम्म केवल मानिसको शरीरमा छोएर मात्र रोग निको बनाउन अहम भूमिका निभाएको छ । मैले यसरी हरेक वर्ष यसरी नै निशुल्क उपचार गर्दछु । यो हेर्दा र सुन्दा अचम्म लाग्छ तर मैले पनि परम्परादेखि बाबा हजुरबाहरूको प्रयोगलाई अपनाउदै आएको छु ।
यस्ता चमत्कारयुक्त फार्मुला आफुमै सीमित राख्न मेरो लागि गार्हो हुनाले सेयर गर्दैछु । समाजमा यो जस्ता अनेकौं जडिबुटीहरू छन् तर आफैमा सीमित राख्ने परम्पराले गर्दा लोपोन्मुख हुदैछन् । आज मैले लोकहितमा पस्कन गइरहेको छु ।
आज नेपालीहरूमा मै खाउ मै लगाउ सकेसम्म कसैलाई नसिकाउ भन्ने कारणले गर्दा जडिबुटी लोप हुदैछन् यो दु:खको कुरा हो भन्ने मलाई लागेको छ । मैले विगत लामो समयदेखि जडिबुटी पस्कदै आएको छु । यस्ता योगहरू भए सेयर गरेर जनजनसम्म पुराउ भन्ने मेरो आग्रह छ ।
आउनुस् त्यो कस्तो औषधि होला जसले एक पटक हातमा दलेर एक बर्षसम्म काम गर्छ भन्ने मनमा जिज्ञासा जागेको होला । औषधिको नाम भन्नुपूर्व कस्तो कस्तो अवस्थामा प्रयोग गर्ने भन्ने जानकारी प्राप्त गरौं । गाउँ घरमा सा-साना बच्चाहरुको पिसाब रोकिएको छ भने नाइटो भन्दा तल हल्का मालिस गरिदिनु तुरुन्त पिसाव खुल्नेछ ।
अब अझ मनमा कौतुहल जागेको होला त्यो कस्तो जडिबुटी हो जसले यस्तो चमत्कार देखाउन सक्षम छ । त्यो जडिबुटी हो आप, आपको बारेमा शायद कसलाई थाहा नहोला । जब आप फुल्न थाल्छ त्यति बेला फुलेको कोपिलालाई हातमा दल्नुपर्ने छ । एक पटक दलेको फूलले एक बर्षसम्म काम गर्दछ ।
यो पनि पढनुहोस्
गर्भ रहे नरहेको थाहा पाउने ५ लक्षणहरु
गर्भ नरहनुका प्रमुख कारणहरु र उपचार
कुन समयमा यौन सम्पर्क राख्दा गर्भ बस्छ ?
गर्भस्थापक फार्मुला जानौं र प्रयोग गरेर फाइदा उठाऔ
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।