स्वास्थ्य

टाउको दुख्ने समस्या र यसको उपचार

कहिलेकाहीँ तनावले टाउको दुख्नु सामान्य नै हो । तर, टाउको दुख्ने समस्यालाई सधैँ सामान्य ठानेर बस्दा यसले पछि जटिल समस्या पनि निम्त्याउन सक्छ । सामान्य रूपको टाउको दुखाइको समय परिवर्तन हुँदै गयो भने चिकित्सकको सल्लाह लिनुपर्छ । जस्तै, बिहान मात्र दुख्ने टाउको बेलुका पनि दुख्न थाल्यो, कम दुख्ने टाउको बढी दुख्न थाल्यो भने सावधानी अपनाउनुपर्छ । निरन्तर टाउको दुख्ने समस्या छ भने पछि गएर ब्रेनमा पानी जम्ने, ट्युमर पलाउने, रगत जम्ने सम्भावना उमेरअनुसार बढ्दै जान्छ ।

आजकल व्यस्तताको कारण सामान्य टाउको दुख्ने वित्तिकै Ibuprofen टेब्ले खाने चलन छ यस्ले कहिले काही नकरात्मक प्रभाव पार्ने हुनाले टाउको दुख्नासाथ आँखा चेक गराई सक्नु पर्छ । टाउकोमा जुकाको फुलहरू चड्नाले पनि टाउको दुख्न सक्छ । सम्बन्धित विषयको डाक्टरको परामर्शमा उपचार गराउन सके यो रोग निको बनाउन सहज हुनेछ । बढी टाउको दुखेको छ यदि पिनासको कारणले टाउको दुखेको भएमा निम्न उपचार गर्न सक्नुहुन्छ ।

आयुर्वेदिक उपचार

१. शिर शुलादि बज्र रस १-२ गोली दिनमा २ पटक खान दिने यो रोग निको हुन्छ ।
२. पिनास नास नेजल ड्रोप जुन साइडको टाउको दुखेको छ त्यसमा राख्ने ठिक हुन्छ ।
३. मानसिक टेंसनको कारण टाउको दुखेको भएमा Avena Sativa Q १५ थोपा दिनमा २ पटक पानीमा राखेर खान दिनुस निको हुन्छ ।

यो पनि पढनुहोस्

औषधीको रुपमा मरिचको प्रयोग

कान कराउनुको कारण के हो ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!