टिप्स

ओंठ गुलावी बनाउने सरल घरेलु उपायहरु

ओंठ मानिसको सुन्दरताको प्रतिरुप हो । यो नरम चलायमान तथा सम्वेदनशिल अङ्ग हो । विशेषगरी महिलाहरु ओठ सुन्दर बनाउन विभिन्न उपाय अपनाउछन् । लिपिस्टिक, बाम, मोस्चराइजर आदि अनेक प्रकारका साधन लगाउँछन् । ओठलाई सुन्दर बनाउन लगाइएका साधनले उल्टै कालो बनाइरहेका हुन्छन् । यसले महिलाहरुलाई निराश बनाइरहेको हुन सक्छ । आउनुहोस्, गुलाबी ओठ बनाउने घरेलु उपायहरुबारे थाहा पाउनुहोस् ।

१. मह र कागती

मह र कागतीको रस मिलाएर फ्रिजमा राख्नुस । यो मिश्रणलाई ओंठमा लगाउनुस् । एक घण्टापछि सफा गर्नुस ओंठ सुन्दर र कोमल हुन्छ ।

२. ग्लिसिरिन र कागती

ओठलाई सुख्खा पनबाट जोगाउन ग्लिसिरिन र कागती राम्रो मानिन्छ । ग्लिसिरिन र कागतीको रसको मिश्रण ओंठमा लगाउँदा ओंठको कालोपन हट्छ र मुलायम हुन्छ ।

३. प्रशस्त पानी

पानीको कमी हुँदा पनि ओंठको लुक विग्रिने हुन्छ । ओंठ सुन्दर राख्ने अर्को काइदा प्रशस्त पानी पिउनु पनि हो । यसका लागि दिनमा कम्तिमा ८ देखि १० गिलास पानी पिउनुपर्छ ।

४. इमिली

इमली पनि ओंठ सुन्दर बनाउने अचुक उपाय हो । इमिलीको एक टुक्रा लिएर ओंठमा रगड्यो भने वा यसको रस १ घण्टा सम्म ओंठमा लगाएर सफा गर्यो भने ओंठ गुलावी हुन थाल्छ ।

५. बदाम

दैनिक ओंठमा बदाममको तेल लगाउँदा पनि ओंठको सुन्दरता बढ्छ । खासगरी बदामको तेलले ओंठको कालोपन हटाउन मद्धत गर्छ ।

६. कागतीको रस

कागतीको रस आफैमा प्राकृतिक ब्लिचङ एजेन्ट मानिन्छ । कागतीको रस नियमितरुपमा २ महिना ओठमा लगाउँदा ओंठको कालोपन हट्छ ।

७. कागती र चिनी

कागतीको रसमा चीनी मिसाएर ओंठमा लगाउँदा यसले पनि ओंठलाई गुलावी बनाउन सहयोग गर्छ ।

८. गुलाव जलको प्रयोग

महमा गुलाव जल मिसाएर ओंठमा लगाउँदा ओंठ गुलावी हुन्छ । यस्तो प्रकृया दिनमा ३ पटकसम्म गर्नु राम्रो हुन्छ ।

यो पनि पढ्नुहोस्

ओठ आकार-प्रकारबाट थाहा पाउनुस् मानिसको स्वभाव

गुलाबी ओठ बनाउने ९ प्राकृतिक उपायहरु

शरीरको यी भागमा कोठी हुनेको हातमा पैसा टिक्दैन

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!