स्वास्थ्य

जोर्नी दुख्ने रोग र उपचार

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

जाडो मौसम शुरु हुदैछ । जाडो याममा शरीरमा जोर्नीहरु दुख्ने समस्या उत्पन्न हुनु आम समस्या हो । रक्तधमनीहरुमा आउने संकुचन जोर्नी दुखाईको प्रमुख कारक हो । ४५ वर्षभन्दा धेरै उमेरका मानिसहरुमा यो समस्या अझै बढि पाइन्छ । हरेक उमेरका बाथका रोगीका लागि जाडो मौसम निकै कष्टदायक नै हुन्छ । स्वास्थ्यलाई ध्यानमा राख्न सके यो रोग आफै पनि निको हुन सक्छ ।

अस्टिओ आर्थाइटिस् उमेर पुगेपछि मानिसमा देखा पर्ने एउटा समस्या हो । अस्टिओ आर्थाइटिस्लाई नेपालीमा जोर्नी खिइने समस्या भनिन्छ । यो समस्या बिशेषगरी महिनावारी बन्द भएका महिलामा देखा पर्छ। जोर्नी खिइने समस्या गाउट, बाथ, जोर्नीमा चोटपटक र क्याल्सियमको कमी भएमा पनि देखिन्छ । चोटपटक लागेर जोर्नी खिइने समस्या जुनसुकै मानिसलाई पनि हुनसक्छ । जोर्नी मात्र खिइने समस्यालाई आर्थाइटिस् भनिन्छ।

उपचार

जोर्नी दुख्ने जस्तोसुकै समस्या किन नहोस् यो होम्योपैथीक औषधि अर्टिका अरेनले सन्चो हुने हाम्रो अनुभव छ । यो औषधिको नियमित प्रयोगले युरिक एसिड बढ्नबाट रोक्छ । १० देखि १५ थोपा दिनमा २/३ पटक मनतातो पानीमा राखेर खान सकिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

कसरी हुन्छ युरिक एसिड ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!