खानपान

मुड फ्रेश बनाउने खानेकुराहरु

मानिसको जीवन हो उतार चढाव त भई नै रहन्छ। मानिसको मुड फ्रेश बनाउने र सधै खुशी राख्ने काम सेरेटोनिन हार्मोनले गर्छ ।  कहिलेकाँही कुनै घटना परिस्थिति तथा वाध्यतापछि मानिसको मन भौतारिन सक्छ । यस्तो अवस्थामा मन एउटै कुरामा घुमाई रहनुहुँदैन । बरु मन परिवर्तन गर्नुपर्छ, कुनै नराम्रो अनुभव मनमा लिईरहँदा हाम्रो मष्तिष्कमा समेत असर पुयाउँछ । शरीर तात्छ, मुटुको धडकन बढ्छ र छटपटि हुन्छ । त्यसैले अनावश्यक कुरामा एकोहोरो गहिरो सोचाई गर्नुहुदैन ।

सेरेटोनिन हार्मोनको सक्रियता बढाउनको लागि हामीले खानेकुराहरुमा ध्यान दिनु पर्छ । यदि हामीले खुसी दिने खानेकुराहरु दैनिक प्रयोग गर्यौँ भने हामी जस्तोसुकै परिस्थितिमा पनि खुशी रहन सक्छौ । खुशी हुनको लागि हामीले पोटाशियम, म्याग्नेशियम र फलिक एसिडको मात्रा धेरै भएका खानेकुराहरु खाने गर्नुपर्छ । आज हामी तपाईँलाई खुशी बनाउने खानेकुराहरुको बारेमा चर्चा
गरौ ।

१. केरा

यसमा हुने पोटाशियम, म्याग्नेशियमका साथै प्रोबायोटिक, भिटामिन बी ६, ट्रायप्टोफेन र आइरनले हाम्रो मुड फ्रेश राख्न मद्दत गर्छ । यसका साथै हामीलाई खुशी राख्न पनि यी तत्वहरुले महत्वपूर्ण भूमिका खेलेका हुन्छन् ।

२. अण्डा

ओमेगा ३, फ्याट्टी एसिड, जिंक, भिटामिन्स र प्रोटीनले भरपूर अण्डाले हामीलाई मानसिक रुपमा स्वस्थ राख्छ ।

३. रातो डल्ले खुर्सानी

यसमा भिटामिन सी र भिटामीन ए धेरै हुन्छ । जसले हाम्रो मुड फ्रेश बनाउँछ र हामीलाई खुशी दिन्छ ।

४. नरिवल

नरिवलमा हुने ईलेक्ट्रोलाईट्सले शरीर र दिमागलाई हाइड्रेड राख्छ र हामीलाई खुशी बनाउँछ ।

५. पालक

पालकमा हुने आइरनले थकान र कमजोरी हुन दिँदैन । यसले डिप्रेशन र तनावबाट पनि बचाउँछ ।

६. मह

यसमा हुने एंटी इन्फ्लेमेटरीले दिमागलाई स्वस्थ राख्छ । यसका साथै यसले डिप्रेशनबाट पनि टाढै राख्दछ ।

७. सिमी

म्याग्नेशियमले भरपूर सिमीले खुशी बढाउने हार्मोनलाई सक्रिय बनाउँछ । सिमी एन्टी अक्सीडेन्ट्स र न्युट्रिएट्सले पनि भरपूर हुन्छ ।

८. डार्क चक्लेट

केफिन, कोको र सुगरले भरपूर डार्क चक्लेटले हाम्रो शरीरको ईनर्जी बुस्ट गर्छ । जसले गर्दा हाम्रो मुड फ्रेश रहन्छ । यसले हामीलाई खुशी पनि गराउँछ ।

९. होल ग्रेन्स

यसमा हुने कार्बोहाइड्रेट्सले मानिसलाई खुशी बनाउने हार्मोनलाई ब्यालेन्स राख्छ ।

१०. रातो मुला

यसमा रहेको फलिक एसिड र बिटेन नामको तत्वले ब्रेनमा सेरोटोनिन हार्मोन बढाएर स्वास्थ्य राम्रो बनाउँछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!