मानिसको ब्यबहारवाट यसरी बुझ्नुहोस् उसको मनोवैज्ञानिक संकेत
मानिसको ब्यबहारवाट यसरी बुझ्नुहोस् उसको मनोवैज्ञानिक संकेत ।
मनोवैज्ञानिकहरु भन्छन्”
१. स–साना कुराहरुमा पनि अप्रासंगीक रुपमा ज्यादा हाँस्ने मान्छेलाई, ऊ भित्री रुपमा एक्लो छ भनरे बुझ्नुहोस ।
२. आवश्यकता भन्दा ज्यादा सुत्ने मान्छेलाई गहन तर भन्न नहुने खालको दुःख परेको छ भनरे बुझ्नुहोस ।
३. कम तर छिट्छिटो बोल्ने मान्छेले केही कुरा लुकाई रहेको छ भनेर बुझ्नुहोस ।
४. यदि कोहि रुन सक्दैन भने उसलाई कमजोर मान्छे भनेर चिन्नुहोस ।
५. खानेशैली गडवड भएकोलाई तनावग्रस्त मान्छे भनेर चिन्नुहोस ।
६. सानाकुरामा पनि रुनेलाई सरल निर्दोष र निर्मलचित्तको मान्छे भनेर चिन्नुहोस ।
७. स–साना कुरामा पनि झनक्क रिसाउँनेलार्ई मायाको आवश्यक छ भनेर बुझ्नुहोस ।
डा. हेमराज कोइरालाद्वारा जनहितमा जारी ।
*डा. हेमराज कोइराला योगी नरहरिनाथ योगा एण्ड नेचर केयर हस्पिटल भरतपुर, चितवनमा कार्यरत योग तथा प्राकृतिक चिकित्सक
हुनुहुन्छ ।
यो पनि पढ्नुहोस्