विज्ञान जिज्ञासा

मानिसलाई हाई किन आउँछ ?

हाई काढ्नु स्पाइनल कर्ड र स्नायु केन्द्रहरुले नियन्त्रण गर्ने थुप्रै कार्यहरुमध्ये एक हो । वैज्ञानिकहरूले मानिस माश्वासप्रश्वासको तालमेल नमिलेर हाई आउने गरेको बताउँछन् । उनीहरूका अनुसारमा जब हाम्रो शरीरभित्रको रगतमा कार्बन-डाइअक्साइड र अक्सिजनको मात्रा मिल्दैन तब हामीलाई हाई आउँछ भन्ने रहेको छ । प्राय: अल्छी लाग्दा वा थाक्दा हामीलाई हाई आउँछ । हाम्रो रगतमा कार्बोनडाइ अक्साईको मात्रा धेरै हुँदा र अक्सिजनको प्रवाह आवश्यक पर्दा हाई काढ्न मन लाग्छ । तर, हाई काढ्दा अक्सिजनको मात्रा बढी पनि प्रबाह हुँदैन न त रगतमा कार्बनडाइअक्साईडको मात्रा नै घट्छ । दिमागमा हाम्रो इमोसन, मुड, भोक र अन्य गतिबिधिलाई असर गर्ने न्युरोट्रान्समिटर नामक रसायनका कारण हाई आउछ ।

हामीले हाई काढ्दा अक्सिजन धेरै मात्रामा हाम्रो फोक्सोमा पुग्छ र यसले हाम्रो मुटुको धड्कनलाई पनि बढाइदिन्छ । यसले गर्दा हाम्रो मस्तिष्कका स्नायुहरुमा अक्सिजनको मात्रा बढ्छ र हामीलाई केही मात्रामा जागृत हुन मद्दत गर्छ । तर, निकै धेरै अनुसन्धानहरुका वाबजुद वैज्ञानिकहरुले हाइ काढ्ने प्रक्रियाका थुप्रै प्रश्नहरुको जवाफ दिन सकेका छैनन् । त्यसैले यदि तपाईँ बोलिरहनु भएको समयमा कुनै व्यक्तिले हाइ काढ्यो भन्दै ऊ तपाईको बोलीको कारण झ्याउ मानिरहेको निष्कर्षमा नपुगिहाल्नुहोस् । उसको हाइ काढ्नुको कारण उसको रगतमा अक्सिजन र कार्बनडाइअक्साइडको मात्रामा भएको अनियमितता मात्रै हो । शोधकर्ताहरूका अनुसार मानिसले जीवनभरिमा २.४ लाखदेखि २.५ लाख पटकर हरेक दिन ५-१० पटकसम्म सम्म हाई गर्छ । उनीहरुका अनुसार हाई करिब ६ सेकेन्डसम्मको लामो हुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!