स्वास्थ्यहेल्थ टिप्स

क्यान्सरवाट बच्ने यी उपायहरू अपनाउनुहोस

क्यान्सर एक जटिल रोग हो तर पनि करिव ४० प्रतिशत क्यान्सर रोकथाम गर्न सकिन्छ । ३३ प्रतिशत क्यान्सर समयमा पत्ता लगाएर उपचार गरी निको पार्न सकिन्छ र बाँकी करीब २७ प्रतिशतलाई पनि उचित उपचारबाट आयु लम्याउन सकिन्छ । यसका लक्षण देखिए भने पनि आत्तिइ हाल्नु हुँदैन तर नियमित रुपमा जाँच र चिकित्सकको परामर्स भने लिनु पर्छ । यो रोगको मुख्य कारक तत्वको खोजी गर्दा बदलिदो जीवनशैली, खानपान, बाताबरणीय प्रभाव प्रमुख रुपमा आउछ । विश्वभरमा नै पाच प्रमुख क्यान्सरका कारण हुने पुरुषहरुको मृत्यु मध्येमा फोक्सो, पेट, कलेजो, कोलोरेक्टल र अन्ननलीको क्यान्सर रहेका छन् । विश्वभरी नै क्यान्सरका कारण हुने महिला मृत्यु मध्येमा स्तन, फोक्सो, पेट, कोलोरेक्टल र पाठेघरको क्यान्सर रहेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वमा १ करोड ४१ लाख जनामा नयाँ क्यान्सर देखिएको छ । डव्लुएचओले नै क्यान्सरकै कारण मृत्यु हुनेको संख्या ८२ लाख पुगिसकेको जनाएको छ । र यदि अहिलेकै अनुपातमा बढ्दै गएमा सन् २०२५ सम्म १ करोड ९३ लाख जनामा क्यान्सर देखिने अनुमान गरेको छ । क्यान्सरका कारण हुने समग्र मृत्युमध्ये ७० प्रतिशत अल्प विकसित र कम विकसित देशमा हुने गरेको छ । सूर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गर्न सके क्यान्सरबाट हुने मृत्यु २२ प्रतिशत रोक्न सकिन्छ । यो क्यान्सर रोकथाम गर्न सकिने  एक मात्र ठुलो उपाय पनि हो । नेपालका क्यान्सर रोगीमध्ये करिब १० प्रतिशतलाई मात्र रोग लागेको समयमै थाहा हुन्छ । नेपालमा जनसंख्याको करिब १३ प्रतिशतमा क्यान्सर रोग लागेको अनुमान छ । तर यसमध्ये करिब  ५००० बिरामी मात्र अस्पताल पुग्छन् । नेपालमा बर्षेनि ५०,००० नयाँ क्यान्सरका बिरामी थपिने गरेको अनुमान गरिएको छ । क्यान्सरका लक्षणहरु  निम्न अनुसार हुन सक्छन ।

 

क्यान्सरबाट बच्ने उपायहरू

१. चुरोट,बिंडी, खैनी, सुर्ती, जाँड, रक्सीको सेवन नगर्ने ।

२. बासी, सडेगलेको र ढुसी परेको खानाहरू नखाने ।

३. पोलेर डढेको मासु र अन्य खानेकुराहरू नखाने ।

४. अखाद्य रंग, रसायनिक मल, किटनाषक औषधी प्रयोग गरिएका खानेकुराहरू नखाने ।

५. चिल्लो बोसोयुक्त खानेकुराहरू र धेरै नुन नखाने ।

६. धुलो,धुवाँ तथा वातावरणीय प्रदुषणबाट जोगिने ।

७. महिलाहरूले नियमित रुपले गर्भासय स्राव परीक्षण गर्ने ।

८. स्तनमा गिर्खा, गाँठागुठी छ/छैन प्रत्येक महिना राम्ररी छामेर हेर्ने र फेला परेमा स्वास्थ्यकर्मीहरुसंग परामर्श

लिने ।

९. दिनहुँ शारीरिक व्यायाम गर्ने, अनावश्यक मोटोपन घटाउने ।

१०. मौसम अनुसारको हरियो सागपात, तरकारी र फलफूल दिनहुँ खाने ।

यो पनि पढ्नुहोस् 

क्यान्सर रोकथाममा मकै

क्यान्सरका लक्षणहरु के के हुन् ?

क्यान्सरका लक्षणहरु र बच्ने उपायहरू

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!