विज्ञान जिज्ञासा

बिरालोले राती कसरी आँखा देख्छ त ?

हामीले राती बिरालो सक्रिय रहेको, यताउती सजिलै हिड्डुल गरेको, आपसमा झगडा गरेको र मुसा मार्दै हिडेको देख्दै आएका छौ । मानिसको बस्तीमा रहने बिरालो मात्र नभएर जंगलमा पाइने बिरालो बर्गका अन्य खतरनाक जन्तुहरु जस्तै सिंह, बाघ,चितुवा आदि पनि दिनभरी सुतेर समय बिताउने अनि रातपरेपछि सक्रिय भएर हिडेको दृश्य विभिन्न टेलिभिजनमा प्रशारण गरिएको देख्दै आएका छौं ।

बिरालोले राती आँखा देख्नुको कारण त्यसको आँखाको बनावट नै हो । बिरालोको आँखाको रेटिनाको पछाडीपटि अर्को छुट्टै बिशेष प्रकारको tapetum lucidum नामक पत्र रहेको हुन्छ जसले प्रकाशलाई पराबर्तन गरी पुन: रेटिनामा पुर्याइदिन्छ जसको कारणले गर्दा बिरालोले राती हामीले देख्न नसक्ने बस्तु पनि देख्दछ ।  बिरालोको यो गुणलाई यिनमा भएको अनुकुलताको लक्ष्यण पनि भनिन्छ। अनुकुलताको लक्ष्यण भन्नाले जिवहरुको वातावरणसंग घुलमिल भएर सजिलै बाच्न सक्ने क्षमता बुझिन्छ । मानिसले जुन प्रकाशमा बस्तु देख्नसक्छ त्यो भन्दा १० गुणा कम प्रकाशमा पनि यी बिरालो जातिका जन्तुहरु सजिलै बस्तुहरु देख्न समर्थ हुन्छन । आँखाको यही बनावटको कारणले गर्दा नै राती थोरै प्रकाश पर्दा पनि बिरालोको आँखा टल्किएको हो ।

Cat Eye

यो पनि पढ्नुहोस् 

राती सुत्नुअघि पालना गर्नुपर्ने सामान्य नियमहरु

राती सुत्नुभन्दा अघि गरेका यी गल्तीले बढ्नेछ तौल

किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन ?

चमेरो कसरी नठोक्कीकन अँध्यारो बाङो-टिङो गुफाभित्र पनि सजिलै उड्न सक्छ ?

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!