मेवालाई उपयोगी औषधीको रुपमा के भएमा प्रयोग गर्न सकिन्छ ?
मेवा आँफैमा मिठो र स्वस्थ फल हो । गर्मी मौसममा मेवाको सेवन अमृत समान हुन्छ । यो फल पेट तथा मुटु दुबैको लागि निकै लाभदायी हुन्छ। मेवा भिटामिन ए को प्रमुख स्रोत हो । मेवामा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, भिटामिन ए, कार्बोहाइड्रेट तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ । मेवाको उत्पत्ति दक्षिण अमेरिकामा भएको मानिन्छ । मेवाको खेती अमेरिकाबाट, मलेशिया र फिलिपिन्स भई भारत प्रवेश गरेको मानिन्छ; भारतबाट मेवा नेपाल आएको बताइन्छ । मेवा एक उपयोगी औषधी पनि हो ।
१. दाद आएमा
काँचो मेवाको टुक्रा काटेर दादमा नियमित लगाउने गरे दाद आएको ठिक हुन्छ । तर बासी मेवा भने प्रयोग गर्नु हुँदैन ।
२. जिब्रो फुटेमा
काँचो मेवाको दूधमा गिलसिरिन मिसाएर जिब्रोमा विहान/वेलुका दल्ने गरे केही दिनमा ठिक हुन्छ ।
३. अल्काई भएमा
काँचो मेवा ताछेर नियमित दिनमा ४/५ टुक्रा सेवन गर्ने गरेमा अल्काई बढ्न पाउँदैन र निको हुँदै जान्छ ।
४. डंडीफोर र चाँया भएमा
काँचो मेवाको टुक्रा नियमित बेलुका अनुहारमा केही समय दलेर मुख धुने गरेमा डंडीफोर र चाँया निको हुँदै जान्छ ।
५. घाँटीभित्रबाट सुनिएमा
काँचो मेवाको टुक्रा पकाएर पानीले गारगल गरेमा २/३ दिनमा ठिक हुन्छ ।
६. कोलस्टेरोलमा
अधिक मात्रामा फाइबर पाइने भएकाले यसले रगतको कोलस्टेरोल मात्रा घटाउछ । यसमा भएको इन्जाइमले कोलस्टेरोलको अक्सिडाइजेसनबाट रोक्छ, जसबाट हृदयाघात हुने सम्भावना कम हुन्छ ।
७. चाउरीमा
मेवामा भएको एन्टिअक्सिडेन्टले उमेर अगावै छाला चाउरी पर्ने समस्याबाट मुक्ति मिल्छ । यसले मानिसलाई युवा बनाइराख्छ ।
८. पेटको समस्यामा
मेवाको बियाँ पेटको रोगका लागि औषधीको रुपमा प्रयोग हुन्छ । यसले पेटका जुका तथा परजीवीलाई मार्छ ।
९. कन्स्टिपेसनमा
मेवा कन्स्टिपेसनका लागि अचूक औषधी हो । यसले खानालाई प्राकृतिक रुपमा पचाउन मद्दत गर्छ ।
१०. मलद्वारसंबन्धी समस्यामा
मेवाको जुस मलद्वारको संक्रमण हटाउन काम लाग्छ । तर, उपचारका लागि यसको नियमित प्रयोग गर्नुपर्छ ।
११. तौल घटाउन
उच्च पोषण र न्युन क्यालोरी हुने भएकाले तौल घटाउन चाहनेका लागि मेवा निकै लाभदायी मानिन्छ ।
१२. बिहानीको वाकवाकीमा
खासगरी गर्भवती महिलामा बिहानपख देखिने वाकवाकीको समस्यामा यो काम लाग्छ । बिहान एउटा सानो टुक्रा मेवा खानाले वाकवाकी र अरूची हट्छ ।
१३. हाडजोर्नी
जलनशिलविरुद्धका इन्जाइम हुने भएकाले यसले दुखाई कम गर्न मद्दत पुर्याउछ, खासगरी आर्थराइटिस, ओस्टियोपोरोसिस भएका बिरामीमा यो लाभदायी मानिन्छ । यसमा क्यान्सरसंग लड्ने क्षमता पनि हुन्छ ।
१४. प्रतिरोधी क्षमतावृद्धिमा
यो भिटामिन ए र भिटामिन सी को भण्डार नै हो, यसले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ, खासगरी ज्वरो, रुघाखोकी भइरहने बिरामीलाई यो काम लाग्छ ।
१५. स्याम्पुको रुपमा
मेवाका तत्व मिसाइएको स्याम्पु चाया हटाउन निकै लाभकारी हुन्छ ।
१६. रजस्वला अनियमित भएकोमा
मेवाको नियमित सेवनले महिलाको मासिक धर्मलाई पनि नियमित बनाउछ ।
१७. कलेजोको क्यान्सरमा
यसले क्यान्सरको कोषको वृद्धिमा ढिला गराउछ र कलेजोलाई बचाउछ ।
१८. गर्भनिरोधक
भाले लंगुरमा गरिएको एक अध्ययनले मेवामा गर्भनिरोधक क्षमता पनि भएको पाइएको छ । त्यसैले पुरुषले मेवा प्रयोग गरेको अवस्थामा सहवास भएकामा तत्काल गर्भ रहने सम्भावना कम हुन्छ ।
१९. मिर्गौलाको समस्यामा
विषसेवनका कारण मिर्गौला फेल भएको अवस्थामा मेवाले पुनः पूरानै अवस्थामा फर्काउन मद्दत गर्छ । यसमा भएका एन्टिअक्सिडेन्ट र अक्सिडेटिभले मिर्गौलालाई फेल हुनबाट बचाउछ ।
२०. डेंगु
मेवाको पातको जुसले डेंगुको ज्वरोलाई समेत रोकथाम गर्ने छ । मेवाको पातको जुसले शरीरमा रगतको प्लेटलेटमा वृद्धि गर्छ ।